कमलका तीन ब्ल्याक स्पटमा सीसी क्यामेरा जडान गरिने

७ आश्विन २०८०, आईतवार मा प्रकाशित

दमक,

ट्राफिक प्रहरीको तथ्याङकमा सवारी दुर्घटना अधिक मात्रामा हुने गरेका पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कमल गाउँपालिका भित्र पर्ने तीन ब्लयाक स्पटमा सीसी क्यामेरा जडानका लागि तयारी भएको छ ।

सो पालिका अन्तर्गत पर्ने सितापुरी, पाडाजुँगी र लभडाँडा छेउ (रतुवा पूल पूर्व) गरी तीन स्थानमा आवश्यक निगरानी बढाउन र दुर्घटना भइ हालेमा विवरण यकिन गर्न समेत मद्धत पुरयाउने उद्धेश्यले सीसी क्यामेरा जडानको तयारी गरिएको हो ।

ति क्षेत्रमा शुक्रबार कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यसहितको टिमले स्थलगत निरिक्षण गरी उपयुक्तस्थल यकिन गरेका हुन ।

गाउँपालिका अध्यक्ष राईले केर्खा र रिजाल पेट्रोल पम्प एरियामा निगरानीका लागि यसअघिनै सीसि क्यामेरा जडान भइसकेकाले ट्राफिक प्रहरीसँगको समन्वयमा थप तीन स्थानमा सीसी क्यामेरा जडान गर्न लागिएको बताए ।

उनले भने–’दुर्घटना एउटा भवितव्य घटना भएपनि मानवीय कमजोरी र त्रुटीका कारण बढी जोखिम हुने हुँदा त्यस्तो कमजोरी कसैबाट नहोस भन्ने उद्धेश्यले पनि यो कामलाई हामीले प्राथमिकतामा राखेका हौं ।’

उनले दुर्घटना न्यूनिकरणका लागि आगामी दिनमा ति क्षेत्रमा आवश्यक सतर्कता अपनाउन गर्न सकिने कामहरु पनि गर्दै लगिने बताएका छन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here