स्वर्ण पदक विजेता विश्वकर्मालाई सूर्यज्योतिको छात्रवृत्ति

0
15

अर्जुनधारा ।

गत आइतबार काठमाण्डौंमा सम्पन्न ११औं कोरियन एम्बासडर खुला तेक्वान्दो प्रतियोगिताका स्वर्ण पदक विजेता खेलाडी प्रदीप विश्वकर्मालाई अर्जुनधारा–४ स्थित सूर्यज्योती अङग्रेजी आवासिय विद्यालयले छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

पदक विजेता खेलाडीको सम्मानमा आइतबार विद्यालय प्राङ्गमा आयोजित सम्मान कार्यक्रममा उनलाई विद्यालयकोतर्फबाट कक्षा–९ र १० अध्धयनको क्रममा लाग्ने सम्पूर्ण शुल्क नलिने घोषणा गरिएको विद्यालयका संस्थापक रुद्रप्रसाद सिटौलाले जानकारी दिए ।

सूर्यज्योती तेक्वान्दो डोजाङकोतर्फबाट अर्जुनधारा नगरपालिकाको प्रतिनिधित्व गर्दै सहभागी भएको उक्त प्रतियोगिताअन्र्तगत सिनियर पुरुष ६३ केजीमुनिको खेलमा सञ्जाल श्रेष्ठलाई पराजित गर्दै उनले स्वर्ण पदक जितेका थिए ।

कार्यक्रममा उनलाई नगद पुरस्कार एक हजार एक सय रुपैयाँसहित मायाको चिनो प्रदान गरिएको थियो । नेपालस्थित दक्षिण कोरियाली दुतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा आयोजित उक्त प्रतियोगितामा विभिन्न तौल समूहमा डोजाङकोतर्फबाट सात जना खेलाडीको सहभागिता रहेको थियो ।

विद्यालयले यस अघि प्रतियोगितामा सहभागी हुने खेलाडी र दुई अफिसियलसहित नौ जनालाई ट्रयाकसुट पनि वितरण गरेको संस्थापक सिटौलाले जानकारी दिए । अर्जुनधारा–२ निवासी उनी हाल अर्जुनधारा–३ खुदुनावारीस्थित जनता माध्यमिक विद्यालयमा अध्धयनरत् छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here