ढकाल बन्धुको अध्यक्षमा डिल्लीराम

0
18

बिर्तामोड ।

ढकाल बन्धु हित तथा बशावली एकीकृत समाज केन्द्रिय समितिको १९ औ साधारण सभाबाट अध्यक्षमा डिल्लीराम ढकाल निर्बिरोध निर्वाचित भएका छन।

कोटिहोमस्थित ढकाल आश्रममा सम्पन्न सभाद्वारा वरिष्ठ उपाध्यक्षमा तुलसीराम ढलाल, उपाध्यक्षद्वयमा उमानाथ ढकाल र इन्दिरा ढकाल, महासचिवमा अम्बिका ढकाल, सचिबमा टेकेन्द्र ढकाल , सह सचिबमा भीमप्रसाद ढकाल र कोषध्यक्षमा कमला ढकाल चयन भएका छन।

५१ सदस्य केन्द्रिय समिती निर्बिरोध चयन भएको घोषणा निर्वाचन मण्डलका अध्यक्ष लोकराज ढकालले गरेका थिए । भानुभक्त ढकालको सभापतित्वमा सम्पन्न सभाको स्वागत गणेश ढकालले गरेका थिए।

सोही अवसरमा घनश्याम ढकाल, डिल्लीराम ढकाल, तारादेबी ढकाल, टीकाराज ढकाल लगायतलाइ सम्मान गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here