चीनले बीआरआई अन्तर्गतका परियोजना समेट्न खोज्दा जुटेन सहमति

0
10

काठमाडौं ।

चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच भएको दुई पक्षीय वार्ताको संयुक्त वक्तव्य जारी हुन सकेको छैन ।

सोमबार बेइजिङमा भएको वार्तामा एक दर्जन बढी विषयमा सहमति भएको भनिए पनि ती विषय समेटेर संयुक्त वक्तव्य आउन नसकेको हो । बेइजिङस्थित नेपाली दूतावासले कृषि, विद्युत, पूर्वाधार, सीमा व्यवस्थापन तथा सीमा क्षेत्रको विकासलगायतका १३ बूँदे सहमति भएको जनाए पनि चीनले अहिलेसम्म कुनै प्रक्रिया दिएको छैन ।

चीनले अघि सारेका बीआरआई लगायत केही विषयमा नेपालले सहमति नजनाउँदा संयुक्त वक्तव्य आउन नसकेको बुझिएको छ । चीनले बीआरआई र ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई), ग्लोबल डेभलप्मेन्ट इनिसिएटिभ (जीडीआई), ग्लोबल कल्चरल इनिसिएटिभ (जीसीआई) लाई संयुक्त वक्तव्यमा समावेश गर्न जोड गरिरहेको बुझिएको छ ।

प्रधानमन्त्री दाहालले ती कुनै पनि कार्यक्रममा नेपाल तत्कालै सहभागी हुन नसक्ने अडान लिएका कारण संयुक्त वक्तव्य आउन नसकको बुझिएको छ । नेपालले ग्लोबल डेभलपमेन्ट इनिसियटिभ्समा मात्रै सहमति जनाउन सकिने अडान लिएको छ । तर, चीनले पोखरा विमानस्थल र लुम्बिनी विमानस्थल लगायत केही परियोजना र उर्जा व्यापारलाई बीआरआई अन्तर्गत राख्नुपर्ने अडान लिएको बुझिएको छ ।

नेपाल त्यसमा पनि सहमत नहुँदा चीनले संयुक्त वक्तव्यप्रति चासो नदिएको हो । ईमेजखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here