नेपालबाट भैसीको मासु चीन जाने

0
8

काठमाडौं ।

नेपालबाट भैंसीको मासु चीन निर्यात गर्नका लागि स्वीकृति प्रक्रियालाई तीव्रता दिन चीन र नेपाल सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा सो सहमति भएको हो ।

मंगलबार बिहान सार्वजनिक संयुक्त वक्तव्यमा नेपालबाट भैंसीको मासु चीन निर्यात गर्नका लागि स्वीकृति प्रक्रियालाई तीव्रता दिने र यसबाट नेपाल र चीन बीचको व्यापार घाटा न्युनीकरण हुने अपेक्षा गरिएको उल्लेख छ ।

हाल चीनमा नेपालबाट राँगा र भैंसीको मासु घुमाउरो बाटो हुँदै पुग्ने गरेको छ । भारत, भियतनाम र थाइल्यान्ड हुँदै चीन पुर्‍याइने हुनाले सरकारी अभिलेखमा चीन निर्यात भएको देखिँदैन ।
अन्य मुलुकको तुलनामा नेपालबाट उत्पादित मासु सस्तो पर्ने भएकाले नेपालले राँगा र भैंसीको मासुको उत्पादन बढाउने हो भने चीन निर्यातको सम्भावना प्रचुर रहेको व्यवसायी हुँदै बताउँछन् ।

संयुक्त वक्तव्यमा चिनियाँ पक्ष नेपाली उत्पादनलाई चीन निर्यातमा सहजीकरण गर्न तयार भएको उल्लेख छ । हाल नेपालबाट चीनमा घाँस निर्यात हुँदै आएको छ । चीनमा नेपाली अमिलो जातका फलफूल निर्यातका लागि आवश्यक पर्ने प्रमाणपत्र उपलब्ध गराउन र नेपालमा क्वारेन्टाइन प्रयोगशाला स्थापना गर्न पनि चीनले नेपाललाई सहयोग गर्न तयार भएको छ । साथै चीनले याक,नाक र च्याङ्ग्राको प्रजननका लागि पनि चीनले सहयोग गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here