गाँजा बोकेको एम्वुलेन्ससहित चालक पक्राउ

0
10

मोरङ।

मोरङ विराटनगर महानगरपालिका–१८ लाभाघाटमा गाँजा बोकेको एम्वुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को १ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१.५ किलोग्राम लागूऔषध गाँजा र नेपाली रुपैँया ४० हजार बरामद गरेको हो ।

लागूऔषध गाँजा बरामदभए सगैं राजन अधिकारी फाउण्डेसन धरानद्धारा सञ्चालित उक्त नम्वरको एम्वुलेन्स र चालक धरान–११ का ३८ बर्षीय गंगा सरकार र सोही स्थानमा रहेको बीआर ३८ एएफओ ३३६ नम्वरको मोटरसाईकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएका प्रहरी टोलिले बिराटनगर–१८ स्थित खेतको परालमा लुकाई छिपाई राखेको साढे १६.५ किलोग्राम गाँजा समेत बरामद गरेको छ ।

लागूऔषध गाँजासहित पक्राउ परेको एम्वुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here