‘नेपाल औषधि व्यवसायी संघलाई चलायमन बनाउछु’

0
16

नेपाल औषधि व्यवसायी संघ झापाको दोस्रो अधिवेशन शुक्रवार दमकमा हुँदैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । आम औषधि व्यवसायीका हकहित स्थापित गर्न यतिवेला सवल र सक्षम नेतृत्व चयनका लागि व्यवसायीहरु लागि परेका छन् । अध्यक्ष पदका लागि बिर्तामोडका औषधि व्यवसायी जीवन खड्काको चर्चा चुलिएको छ । समाजसेवा सहित व्यवसाय क्षेत्रमा अलग्गै पहिचान बनाएका खड्का बिर्तामोडमा रहेको त्रिशूल फर्माको सञ्चालन र त्रिवेणी फार्मेसीको प्रबन्ध निर्देशक हुन् । नेपाल औषधि व्यवसायी संघ झापाको अध्यक्ष पदमा खड्काको उम्मेद्वारी निश्चित भएसंगै उनीसंग समसामयिक विषयमा गरिएको कुराकानीको संपादित अंश ।


अध्यक्ष पदमा तपाईको उम्मेद्वारी किन ?

म लामो समयदेखि औषधि व्यवसाय गर्दै आएको छु र संघमा पनि लामो समयदेखि मैले काम गरिरहेकाले हरेक औषधि व्यवसायीका समस्याहरुका धेरै विषम मलाई राम्रोसंग थाहा छ । हिजोका दिनमा पनि मेची अञ्चल समिति हुँदा म समितिमा थिए र आज पनि संघको महासचिव जस्तो पदमा रहेर काम गरिरहेको छु ।
अहिले औषधि व्यवसायलाई चलायमान बनाउनु पर्ने अवस्था छ । यस्तो अवस्थामा औषधि व्यवसायी संघलाई गतिशील र चलायमान बनाउन मेरो अध्यक्ष पदका लागि उम्मेद्वारी हो । अझ भन्नु पर्दा सरकारले लागू गरेको स्वास्थ्य विमाका कारण औषधि व्यवसाय क्षेत्रमा विभिन्न खाले समस्या देखिएका छन् । ति सबैखाले समस्याको हल गर्न म सक्षम र योग्छु जस्तो लागेर नै मैले अध्यक्ष पदका लागि उम्मेद्वारी दिएको हुँ ।

– तपाईका जित्ने आधार के छन् ?

म संघको सदस्य हुँदा होस् या त महासचिव हुँदा नै किन नहोस् मैले गरेका हरेक कामको मूल्याङ्कन औषधि व्यवसायी संघमा आवद्ध भएका साथीभाई र अग्रजहरुले नियाल्नु भएको छ । अझ भनौं हरेक व्यवसायीलाई समस्या पर्दा सहयोगी भूमिका निर्वाह गर्न म कुनै हिचकिचावट गर्दिन । आम व्यवसायीको हकहितका पक्षमा सधैं निडर भएर हिड्ने म भन्दा पनि मेरा व्यवसायी साथीभाईहरुले मलाई अध्यक्षमा पदमा निर्वाचित गराउनु हुन्छ भन्ने विश्वास लिएको छु । म जुन पेशामा क्रियाशील छु त्यो पेशालाई सम्मानित र मर्यादित पेशा बनाउन मैले गरेका सकारात्मक काम नै मेरा लागि जित्ने आधार हुन् ।
– आम औषधि व्यवसायीहरुका समस्या पनि त होलान् नि । उनीहरुका समस्यालाई कसरी नियाल्नु भएको छ ?

औषधि व्यवसायलाई गहिरिएर अध्ययन गर्ने हो भने साच्चै यो पेशा व्यवसाय अहिले धरासयी अवस्थामा छ । औषधि व्यवसायीलाई हेर्ने सरकार र नागरिकको नजर फरक– फरक छ । सरकारले एउटा नजर र आम नाागरिकले यो व्यवसायलाई अर्कै नजरले हेर्ने गरेकाले औषधि व्यवसायी मारमा छन् ।
यो व्यवसायलाई सेवामुखी भन्दा पनि नाफामुखी व्यवसायका रुपमा हेरिएकाले पनि हाम्रो व्यवसायमा दिनानु दिन समस्या थपिदा छन् । अझ अहिले राज्यले ल्याएको स्वास्थ्य विमा नीतिका कारण पनि यो पेशा व्यवसाय धरासयी बन्दै गएको हो । यसले यो व्यवयासलाई नै पलायनको बाटोमा त लाने हैन भन्ने प्रश्न उब्जाएको छ ।

– तपाईहरुलाई औषधि व्यवसायी संघको आवश्यकता कतिबेला खड्किन्छ ?

संघको आवश्यकता हामीलाई चुनसुकै बेला पनि खड्किरहेको हुन्छ । व्यवसायीका हरेका समस्या निराकरणका लागि संघ दर्बिलो भयो भने राज्यसंग आफ्ना माग पुरा गर्न सफल हुन्छ । नत्र एउटा मात्रै व्यवसायीको कुरा राज्यले नसुन्न सक्छ । व्यवसायमा अनेकखाले समस्या देखा परिरहेका हुन्छ । सबै समस्याको निराकरणका लागि संघ अनिवार्य छ यसको आवश्यकता जतिसुकै बेला पनि व्यवसायीलाई खड्किरहेको हुन्छ । हिजो औषधि ऐन नै नआउँदा यो संघ बनेको थियो । हिजो दुरदराजमा राज्यको उपस्थिति नै नभएको ठाउँमा विरामीहरुलाई सेवा गर्ने यिनै व्यवसायी थिए । त्यतिवेला उनीहरुले सामान्य ट्रेनिङ लिएर पनि विरामीको सेवा गर्थे । तर आज राज्य सबैकुरामा सम्पन्न हुँदै गइरहेको छ । स्वास्थ्य, शिक्षा निःशुल्क गर्दै गर्दा आज अस्पतालका फार्मेसीले सरकारको विमाका औषधि विक्री गर्न सक्छन् । तर, पचासौं वर्षदेखि व्यवसाय गर्दै आएका औषधि व्यवसायीलाई त्यसबाट बञ्चित गराउनु त भएन नि भन्ने मेरो मान्यता छ । त्यसलाई स्थापित गर्न प्रदेशदेखि म केन्द्रसम्म नै आवज उठाउछु र व्यवसायीको पक्षमा निर्णय गराउने पहल गर्ने छु ।

झापामा कति औषाधि व्यवसायीहरु हुनुहुन्छ ?

अहिले धेरै औषधि व्व्यवसायीसाथीहरु राज्यकै नीतिका कारण पलायन हुनुभएको छ । औषधि व्यवस्था विभागमा गत वर्षसम्म एक हजारको हाराहारीमा व्यवसाय दर्ता प्रमाणपत्र लिने साथीहरु हुनुहुन्थ्यो । तर, अहिले त्यो संख्या घटेर आएको मैले बुझेको छु । यसका पछाडि राज्यको हात छ । राज्यले हामी औषाधि व्यवसायीलाई कहिल्यै पनि उत्थान हुने काम गर्न सकने । जसका कारण अहिले हामी ३ सय ४२ को हाराहारीमा मात्रै व्यवसायी रहनुले पनि यो पेशा व्यवसायलाई कसरी जोगाई राख्ने भन्ने ठूलो चुनौति छ ।

तपाईहरु माथि कहिले कहाँ आक्षेप पनि लाग्छ । त्यो कस्तो आक्षेप हो भने – तपाई ब्वसायी र डाक्टर मिलेर विरामी (सेवाग्राही) लाई अनावश्यक औषधि बिक्री गर्नु हुन्छ । के यो साँचो हो ?

निश्चय नै यि कतिपय कुराहरु बजारमा आएका हल्ला हुन् । यस्ता हल्लाले हामी आमव्यवसायीहरु सचेत र सजग छौं । हल्ला आएका कतिपय कुराहरुमा सत्यता होला कतिपयमा सत्यता नहोला । तर, हामी नाफामुखी व्यवसाय भन्दा पनि सेवा मुखी ब्यावसायी भएकाले हामीले त्यसो गर्नु हुँदैन भन्ने पक्षमा हामो संघ उभ्भिएको छ । अझ यसलाई हामीले यसरी बुझौं हामी भन्दा राम्रो योग्यता भएका चिकित्सकहरु हुनुहुन्छ । उहाँहरुले यो सब काम गर्नु हुन्न भन्नेमा म ढुक्क छु ।

तपाईहरु माथि लागेका आक्षेपलाई चिर्न के गरिनु पर्छ ?

हो । हामीमाथि लागेका आक्षेपहरु चिर्न हामी आफैं सचेत हुनुपर्छ जस्तो लाग्छ । १५ ÷२० वर्ष अघिसम्म हामीलाई सम्मानित व्यवसायीको रुपमा हेरिन्थ्यो । तर, अहिले विभिन्न कारणले हामीमाथि शंकाको घेराले हेरिन्छ । त्यसको प्रमुख कारण औषधि उत्पादन गर्ने कम्पनी हुन् । नेपालमा अहिले धेरै खाले कम्पनीहरु स्थापित भए । उनीहरुले औषधि विक्रीमा दिने विभिन्न खाले अफरका कारण केही व्यवसायी साथीहरु लोभिनु पनि भयो होला । तर, खुल्ला अर्थ बजारमा आफ्ना सेवाग्राहीलाई लोभ्याएर कमिसनका नाममा व्यवसाायीहरु लोभिनु हुँदैन भन्ने मान्यता स्थापित गर्नु छ । हुन त यो सव काम राज्यले गर्नु हो । तर राज्यले यो नगरिरहेको अवस्थामा पनि हामी ब्यवसायीहरु जुट्नु पर्छ । यसले गर्दा हामी माथि लागेको आरोप निराकरण भएर जान्छ । अझ औषधि व्यवसायी साथीहरु पनि नौतिक रुपमा समाजप्रति मेरो दायित्व छ भन्ने सोचेर अघि बढ्नु पर्छ ।

स्वास्थ्य विमाले तपाईहरुको यो व्यवसायलाई कस्तो असर गरेको छ ?

सुरुमा स्वास्थ्य विमा पाइलट प्रोजेक्टका रुपमा इलाम लगायतका जिल्लामा सञ्चालन हुँदा नै हामीले आवाज उठाएका थियौं । कि यो सरकारको प्रोजेक्टले हामीलाई समस्या निम्त्याउन भन्ने । तर, त्यो बेला खासै व्यवसायीले चसो दिएनन् । सरकारी मापदण्ड पुरा गरेर हामी औषधि व्यवसायीहरुले पनि स्वास्थ्य विमाले उपलब्ध गराउने औषधि दिन पााइनु पर्छ भन्ने आवाज उठाएका हौ । तर, सुनुवाई नहुँदा अस्पताल केन्द्रीत फर्मेसी मात्रैमा यो सिमित छ । जसका कारण दुर दराजमा रहेका व्यवसायीलाई अहिले मार परेको छ ।

पछिल्लो समय खाद्यका प्रोडक्टलाई पनि दर्ता गराएर औषधिकै रुपमा बिक्री गरिँदै आएको छ । के यसले तपाई व्यवसायीलाई असर पु¥याएको छ ?

निश्चय नै । यसले गर्दा नै हाम्रो व्यवसायमा ठूलो आक्षेप लाग्ने गरेको हो । हामी व्यवसायीलाई सेवा मुखी भन्दा पनि नाफा मुखी व्यवसायीका रुपमा हेरिएको हो । ति प्रोडक्ट औषधि जस्तै क्याप्सुल, ट्याव्लेट,झोल फर्ममा छन् । त्यस्ता प्रोडक्ट खाद्यमा दर्ता छन् । ति प्रोडक्टहरु औषधि ऐन अन्तरगत औषधि व्यवस्था विभागले दर्ता गरेको हुँदैन । यि पौष्टिक आहार मात्रै हुन । त्यस्ता प्रोडक्टले निश्चय नै हाम्रो व्यवसायलाई असर पारेको छ । भारतीय एमआरपीमा आएका त्यस्ता प्रोडक्टलाई नेपाली प्रोडक्ट बनाएर आफ्नो खुशीले मूल्य राखेर आफ्नो तरिकाले बिक्री गर्दा समेत राज्यले नियमन नगरेकै कारण समस्या देखिएको छ । यसलाई निराकरणको बाटोमा लानु पर्छ ।

अन्त्यमा आम व्यवसायीहरुलाई के भन्नु हुन्छ ?

औषधि व्यवसायीहरुका सबैखाले समस्याको पहिचान गर्दै अघि बढ्ने दृढ इच्छाशक्ति म मा छ । हिजोका दिनमा हजारको हाराहारीमा भएका हामी व्यवसायीहरु अहिले पलायनको अवस्थामा पुगेका छौं । के कारण यस्तो भयो ? व्यवसायलाई कसरी उत्थान गर्न सकिन्छ । नयाँ व्यवसायीलाई कसरी प्रोत्साहन गर्ने आदि जस्ता कारण पत्ता लगाई यो पेशा व्यवसायलाई चलायमान बनाउने अठोट लिएको छु । तपाई सबै व्यवसायीहरुको साथ र समर्थनमा म साझा उम्मेद्वारकाो रुपमा प्रस्तुत हुँदै गर्दा मलाई अध्यक्ष पदमा निर्वाचित गराउनु हुन्छ भन्ने विश्वास लिएको छु । धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here