नेपाल औषधि व्यवसायी संघ झापाको उपाध्यक्ष शाह निर्विरोध

0
30

झापा,  नेपाल औषधि व्यवसायी संघ झापाको उपाध्यक्ष पदमा राकेश शाह निर्विरोध चया नभएका छन् ।
संघको शुक्रवार हुने दोस्रो अधिवेशनका लागि खुद्रा उपाध्यक्षमा शाहको मात्रै उममेद्वारी परेसंगै उनी सर्वसम्वत भएका हुन् । बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पताल परिसरमा रहेको बिर्तासिटी फार्मेसीका सञ्चालक हुन् उनी ।

नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको निर्वाचनमा अध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत भएको निर्वाचन समिति संयोजक नरेन्द्र बरालले जानकारी दिए । संघको दोस्रो कार्यकालका लागि अध्यक्षमा जीवनकुमार खड्का र प्रदिप खरेलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, सचिवमा प्रल्हादराम ढुंगाना र यज्ञराज कार्कीको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्ष पदका प्रत्यासी जीवन खड्का र प्रदीप खरेल ।


बरालका अनुसार खुद्रा उपाध्यक्षमा शाह सहित वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद अधिकारी, थोक उपाध्यक्षमा विवेक बजगाईं सर्वसम्मत भएका हुन् ।
त्यस्तै, महासचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्षमा युवराज भट्टराई र उपकोषाध्यक्षमा लक्ष्मी पौडेल सर्वसम्मत भएका छन् ।
थोक सदस्यमा विप्लव लिम्बू, खुद्रा सदस्यमा रेवती भण्डारी तथा खुला सदस्यमा सुमन कोइराला, धमेन्द्र दंगाल र यामबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका छन् । झापा शाखाको दास्रो अधिवेशनमा ३६३ जना व्यवसायीको मताधिकार रहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here