ताइवानमा चिनियाँ नाकाबन्दी असफल हुन्छ : पेन्टागन

0
8

काठमाण्डौ,

अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक जना वरिष्ठ अधिकारीले ताइवानमा चिनियाँ नाकाबन्दी असफल हुने बताएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयमा हिन्द प्रशान्त क्षेत्रको सुरक्षा मामिलासम्बन्धी सहायकमन्त्री एली राट्नरले ताइवानमा सफलतापूर्वक प्रत्यक्ष सैन्य आक्रमण गर्नु चीनका लागि निकै कठिन रहेको जनाए ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चीनले ताइवानमाथि गर्ने नाकाबन्दीले ताइवानलाई स्रोत परिचालन गर्न थप समय प्रदान गर्ने उनको भनाइ छ । अमेरिकी कंग्रेसलाई दिएको बयानमा उनले आर्थिक नाकाबन्दीबाट अर्थतन्त्रमा पर्ने अत्यन्त नकारात्मक असरका कारण विश्व समुदाय नै चीनविरुद्ध उभिने अवस्था आउनसक्ने जनाए ।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको सैन्य सेवा समितिलाई दिएको बयानमा उनले सम्भावित नाकाबन्दीको समयमा व्यवसायिक जहाजमाथि चीनले आक्रमण गरे त्यसबाट थप उत्तेजना पैदा हुनसक्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here