प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित भारतीय महिला पक्राउ

0
13

झापा । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।


भद्रपुर नगरपालिका ५ मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेकी पैदलयात्री भारत पश्चिमबंगाल राज्य जिल्ला उत्तर दिनाजपुर दलखोला शिखरपुर घर भई हाल झापा अर्जुनधारा नगरपालिका ६ महानन्द चोकमा डेरा गरी बस्ने २८ वर्षीया सन्जरी खातुन ब्राउनसुगरसहित पक्राउ परेकी हुन् ।
प्रहरी बिट मेची पुल र सशस्त्र प्रहरी बल बीओपी भद्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रोकी चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भईरहेको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here