चाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह

0
12

चितवन,

दसैँ, तिहार, छठ नजिकिँदै गर्दा दुग्धजन्य परिकारको खपत बढाउन आग्रह गरिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले चाडपर्वमा दुग्धजन्य उत्पादन, दही, बटर, घ्यू, पनिरजस्ता वस्तुको खपत गर्न आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष किशोर वगालेले चाडपर्वमा दुग्धजन्य उत्पादनको खपत गरी दूधको बजारीकरणलाई सहयोग गर्न अनुरोध गर्नुभयो । अहिले दूधको बजारीकरणमा समस्या देखिन थालेको जनाउँदै उहाँले सबैको भान्छामा नेपाली दुग्धजन्य उत्पादन प्रयोग भएमा अहिलेको समस्या समाधान हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले दूधको बजारीकरणमा समस्या देखिएको छ । यसलाई निराकरण गर्न आम नेपालीको भान्सामा नेपाली दुग्धजन्य उत्पादनको प्रयोग वढाउन जरुरी रहेको छ ।”

जिल्लामा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने भए पनि जिल्ला बाहिर एक लाख ३५ हजार लिटर दूध मात्रै जाने गरेको छ । बाहिरी जिल्ला जाने दूधसमेत कम्पनीहरुले उठाउन कठिन मान्दा समस्या बढ्दै जान थालेको उहाँले जानकारी दिनुभयो ।

सङ्घका उपाध्यक्ष रामेश्वर गौलीलले जिल्लाबाट बाहिर जाने दूध कम्पनीले उठाउन गाह्रो मान्ने गरेको जनाउँदै विगत तीन किस्तादेखिको दूधको पैसासमेत पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “डिडिसीले गत साउनयता किसानलाई पैसा दिन सकेको छैन । अधिकांश किसानले कम्तीमा तीन किस्ताको रकम पाउन बाँकी छ ।”

यही अवस्था रहेमा किसानले चाडपर्वको मुखमा आन्दोलन गर्नुपर्ने अवस्था आउने उहाँको भनाइ छ । सङ्घमा अहिले एक सय १५ सहकारी आबद्ध रहेको जानकारी दिँदै उहाँले यी सहकारीबाट कम्पनीले दूध उठाउन नसक्ने जानकारी दिन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले दूधको पैसा नपाउने र दूध बजारमा पनि नजाने हो भने यसले ठूलो समस्याको रुप लिन्छ । यसैले सबैले चार्डपवमा घरघरमा दुग्धजन्य उत्पादनको प्रयोग बढाएर सहयोग गर्नुप¥यो ।”

सचिव कल्याण अधिकारीले सरकारले छिमेकी नाकाबाट आउने दूधको नियन्त्रणमा चासो नदिनुका कारण यहाँको दूधले बजार नपाएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “राज्यका निकायले नेपाली दुग्धजन्य वस्तुको खपतमा ध्यान दिन जरुरी छ । अन्यथा किसान पलायन हुने अवस्था आउँछ ।” विद्यालयको दिवा खाजा, सुरक्षा निकायका कार्यालय अन्य सरकारी कार्यालयले दुग्धजन्य वस्तुको खपतमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here