कमलमा ६३ जना ज्येष्ठ नागरिकलाई सम्मान

0
12

उमानाथ भण्डारी,
कमल ।

झापाको कमल गाउँपालिकाले आज ३३ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

गाउँपालिकाले आज एक भव्य कार्यक्रमको आयोजना गरी गाउँपालिका भित्र स्थाई रुपमा बसोबास गर्ने ७ वटै वडाका ७५ वर्ष माथिका प्रत्येक वडा बाट ९ जनाका दरले ६३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

ज्येष्ठ नागरिकलाई थर्मस , इलेक्ट्रिक हटव्याग र यातायातखर्च द्वारा सम्मान गरिएको महिला तथा बालकालिका शाखा प्रमुख रिता कार्की रिजालले जानकारी दिइन् ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा राज्यका विभिन्न क्षेत्रमा रहेर महत्वपूर्ण योगदान पुर्याउनु भएको छ । वहाँहरू समाजका गहना भएकोले गाउँपालिकाले सदैव सम्मान गर्ने बताए ।

वडा अध्यक्ष , कार्यपालिका सदस्य प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य विषयगत शाखाका प्रमुख लगायत कर्मचारीको उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here