युवा नागरिक समाजको अध्यक्षमा पुन : केशव भण्डारी

0
18

झापा । युवा नागरिक समाजको अध्यक्षमा पुन :  केशव भण्डारी चयन भएका छन् । ३१ सदस्यीय केन्द्रिय कार्यसमितिको अध्यक्षमा दोस्रो कार्यकालका लागि भण्डारी चयन भएका हुन् ।
आइतबार झापाको बिर्तामोड स्थित जय ड्रिमल्यान्ड पार्कको सभाहलमा भएको पहिलो साधारणसभामा अध्यक्षमा भण्डारीसहित बरिष्ठ उपाध्यक्षमा डिल्लीराम सुब्बा, उपाध्यक्ष देव संग्रौला, सचिव चेतनाथ निरौला, कोषाध्यक्ष रामचन्द्र मैनाली सहित ३१ सदस्यीय कार्यसमिति निर्वाचन समितिद्वारा सर्वसम्मतले पारित गरेको छ । त्यसैगरी पहिलो साधारण सभाले संस्थाको केही विधानहरु पनि संसोधन गरेको छ ।

जसमा कार्यसमितिको कार्यकाल पाँच बर्ष रहने, अनुशासन समितिको काम, कर्तव्य र अधिकारहरु विधानमा थप, साथै संस्थाको नाम युवा नागरिक समाज झापाको ठाउँमा युवा नागरिक समाज मात्र कायम हुने गरि विधान संसोधन भएको संस्थाका अध्यक्ष केशव भण्डारीले बताए ।
२०७९ साल असोज १४ गते स्थापना भएको संस्थाले प्रथम बर्ष पार गरेको छ ।
समाजका केन्द्रीय अध्यक्ष केशव भण्डारीको अध्ययक्षता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईको प्रमुख आतिथ्यमा समाजको प्रथम वार्षिकोत्सव सम्पन्न भएको हो । बिर्तामोडस्थित जय ड्रिमल्याण्ड पार्कमा भएको सभामा स्वागत युवा नागरिक समाजकी केन्द्रीय सदस्य कविता ओलीले गरेकी थिईन् ।

कार्यक्रममा शिक्षासेवी जयनारायण ढुङ्गाना, सामाजिक अधियन्ता शेरवहादुर थापा, ईलाका प्रहरी कार्यलय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्की , डा. लक्ष्मी प्रसाद मैनाली लगायतको आतिथ्य राखेका थियो ।

‘युवाहरुको चाहाना, सुशासन युक्त नगरको परिकल्पना’ भन्ने मूल नाराका साथ गठन भएको समाजले एक बर्षको अवधिमा गरेको सुधार कार्यक्रसहितको प्रतिवेदन अध्यक्ष भण्डारीले प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार झापाका सवै पालिकामा खबरदारी गर्ने उदेश्यले पालिका स्तरीय कमिटीहरु निर्माण भइरेका छन् । झापाको मेचीनगर, भद्रपुर, बिर्तामोड, अर्जुनधारा, बाह्रदशी, गौरीगञ्जमा पालिका स्तरीय कमिटी गठन भइसहेको र अन्य पालिकाहरुमा पनि समाजको कमिटी गठन निर्माण हुने अन्तिम चरणमा रहेको प्रतिबेदनमा उल्लेख छ ।

समाजले पालिकामा गर्ने कुनैपनि गलत कार्यको खबरदारी गरेर सुधार गरिएको १० बुँदे विवरणहरुसमेत कार्यक्रममा अध्यक्ष भण्डारीले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन रेणु ओलीले गरेकी थिएन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here