कनकाईमा लम्पी स्किनबिरुद्धको खोप अभियान

0
8

झापा।

झापाको कनकाई नगरपालिकामा आइतबारबाट लम्पी स्किन रोगबिरुद्धको खोप अभियान शुरु भएको छ । कनकाई नगरको आयोजना तथा नगर पशु स्वास्थ्य शाखाको संयोजनमा लम्पी स्किन रोगबिरुद्धको खोप अभियान शुरु भएको हो ।

आइतवारदेखि नगरका सबै वडामा ब्यापक रुपमा लम्पी स्किन रोगबिरुद्धको खोप अभियान सञ्चालन हुने कार्यवाहक नगर प्रमुख सुशीलकुमार पोखरेलले जानकारी दिए । आइतवार पहिलो दिन कनकाई वडा नं. ५बाट ३ टोली परिचालित गरि अभियान आगामी १५ दिनभित्रमा सबै वडामा सम्पन्न गर्ने लक्ष्य लिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । उनले बढी भन्दा बढी नगरबासी पशुपालक कृषकलाई यसबाट लाभ लिन अनुरोध गर्दै नगरवासीको पशुधन सुरक्षामा स्थानीय सरकार गम्भीर भएको बताए ।

नगरभरी करिव सात हजार पाँच सयभन्दा बढी पशु चौपायालाई खोप लगाउने लक्ष्य रहेकोे नगर पशु स्वास्थ्य भेटरिनरी अधिकृत कुलबहादुर गुरुङको भनाइ छ । कनकाई वडा नं. ५का वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्णबहादुर राईको अध्यक्षतामा भएको अभियानको उद्घाटनमा नगर पशु स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पौडेल, नगर पशु स्वास्थ्य भेटरिनरी अधिकृत गुरुङ लगायतले रोगको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमलाई नगर प्रवक्ता राईले कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बन्दै आएका आमनगरवासीलाई प्राथमिकतामा राखेर स्थानीय सरकारले घर–घरमै सेवा पु¥याउने उद्देश्यका साथ यो अभियान सञ्चालन गरेको स्पष्ट पारे ।

लम्पी स्किन रोगबिरुद्धको खोप लगाउने पशु चौपायामा जन्मिएको ३ महिनामाथि पुगेका साथै बच्चा जन्माएको तथा गर्भवती पशुका लागि सुरक्षित हुने तथा उक्त रोग लागेर निको भएर १ बर्ष पूरा भइसकेको पशुलाई मात्रै लगाउन मिल्ने नगर पशु स्वास्थ्य भेटरिनरी अधिकृत गुरुङको भनाइ छ ।

कृषकहरुको पशुधनको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट भएको कार्यक्रमले कृषि तथा पशुपालनमा थप हौसला मिलेको स्थानीय पशुपालक कृषकहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here