लेटाङमा नेपालकै पहिलो स्वचालित बिद्युत सबस्टेसनको शिलान्यास

0
12

लेटाङ,

माेरङकाे लेटाङ नपा-२, पैंतिसबिधेमा नेपालकै पहिलो स्वचालित विद्युत सवस्टेसन बन्ने भएको छ ।

शुक्रबार लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र लावती र नेपाल बिद्युत प्राधिकरण प्रादेशिक कार्यालय, बिराटनगरका प्रमुख उमेश कुमार झाले सब स्टेशन निर्माणास्थलको संयुक्त रूपमा शिलान्यास गर्नु भएको हो।

प्रमुख अतिथिको रुपमा उपस्थित लेटाङ नगर प्रमुख भुपेन्द्र लावतीले नेपालकै पहिलो स्वचालित बिद्युत सबस्टेसन लेटाङमा निर्माण हुनु खुसीको कुरा भएको बताउनुभयो । लामो प्रकृया पुरा गरेर आयोजनालाई शिलान्यासको चरणसम्म पुर्याउन बिगतका जनप्रतिनिधीहरुको ठूलो योगदान रहेको स्मरण गर्दै वहाँले खास गरि यो काममा अहोरात्र खट्नुहुने वडाध्यक्ष तेजप्रसाद तिम्सिना धन्यवादको पात्र रहनुभएको बताउनुभयो ।

आयोजना निर्माण कार्य समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिंदै लावतीले समयसिमा भित्र निर्माण सम्पन्न गर्ने कम्पनी नगरपालिकाबाट पुरस्कृत हुने व्यवस्था रहेको स्मरण गराउनु भयो । वहाँले निर्माण कार्यमा कोहि कसैबाट असहयोग नहुने, यदि कुनै समस्या परे सोको निराकरण गर्न नगरपालिका, स्थानीय राजनैतिक दल सबैको सहयोग प्राप्त हुने प्रतिवद्धता जनाउनु भएको थियो।

नेपाल बिद्युत प्राधिकरण, प्रादेशिक कार्यालय प्रमुख उमेश कुमार झाले शिलान्यास हुँदाको दिनसम्म्मा आयोजनाको १० प्रतिशत काम सकिसकेको जानकारी गराउँदै नगरपालिका, वडा कार्यालय, स्थानीय राजनैतिक दल र सम्पूर्ण नगरवासीहरुको यस्तै शुभेच्छा रहे आयोजना समयमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

आयोजना प्रमुख उपेन्द्र नारायण यादबले सबस्टेसन निर्माण भई सञ्चालनमा आएपछि लेटाङ नगरपालिका र आसपासका क्षेत्रमा भोल्टेज सुधार भई बिद्युत आपुर्ती नियमित हुने बताउनुभयो । लेटाङ नगरपालिका, वडा नं २ का अध्यक्ष तेजप्रसाद तिम्सिनाले सबस्टेसन निर्माण कार्य २ बर्ष अघि नै शुरु हुनुपर्ने भएपनी जग्गा प्राप्त गर्ने क्रममा अप्ठ्यारा परिस्थितिहरुको सामना गर्नु परेको कारण निर्माण कार्य ढिला गरि शुरु भएको बताउनुभयो ।

यद्यपि, प्राधिकरण प्रादेशिक कार्यालय, निर्माण कम्पनी, जनप्रतिनिधी, स्थानीय राजनैतिक दलहरु र नगरवासी सबैको शुभेच्छाले निर्माण कार्य समयसिमा भित्रै सम्पन्न हुनेमा आफू बिश्वस्त रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here