पथरीमा साइकल र सिलिण्डर चोरी गर्ने तीन जना पक्राउ

0
11

पाथरीशनिश्चरे ।

इलाका प्रहरी कार्यालय पथरीले साइकल र सिलिण्डर चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

पथरीशनिश्चरे १० भुटानी शरणार्थी क्याम्प सेक्टर १ हट न. ९ बस्ने वर्ष २८ का उमेश मिजार, वर्ष ३५ का राजु कटवाल र स्थानिय वर्ष ३२ को सुरज लिम्बुलाई पक्राउ गरेको हो ।

उमेश मिजार र राजु कटवालले चोरी गर्ने गरेको र पथरीशनिश्चरे वडा न. १० बस्ने सुरज लिम्बुले चोरी भएका सामानहरु खरिद गर्ने गरेको प्रहरीले जनायो ।

पक्राउ परेका लिम्बुको घरबाट ग्यास सिलिण्डर २ थान, सोलार ब्याट्री २ थान, टेबल फेन १ थान, स्टेन फेन १ थान, साइकल १ थान बरामद गरेको इप्रका पथरीका प्रमुख डिएसपी गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो।

पक्राउ परेकाहरुलाई इप्रका पथरीको हिरासतमा म्याद थप गरेर मंगलबारदेखि अनुसन्धान भैंरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here