भन्सार छलेरका अवैध सामान बरामद

0
103

बिराटनगर।

मोरङको बिराटनगर १४ र १५ बाट अवैध भन्सार छलेरका सामान प्रहरीले बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (पीआईटी) बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भन्सार छलेर गरी नेपाल भित्राउदै गरेको अवस्थामा कुर्था सुरुवाल, लेडिज टप्स, जेन्स अण्डरवेयर समेत गरी करिव एक लाख चार हजार सात सय ५० रुपैँया मूल्य वरावरको सामान बरामद गरेको हो ।

बरामद गरिका उक्त सामग्रीहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी बिराटनगरमा बुझाइएको छ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सिमावर्ती क्षेत्र तथा अन्य स्थानमा प्रहरीले थप कडाइका साथ चेकजाँच शुरु गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here