कर्मचारीद्वारा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

0
12

कमल ।

स्थानीय तह कर्मचारी संघर्ष समितिले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा अनिश्चितकालका सम्मकालागी बन्द (पेन डाउन) गरेर विरोधमा उत्रिएका छन् ।

संघीय निजामती सेवा विधेयकको विरोधमा विभिन्न माग राखेर विरोधमा उत्रिएका स्थानिय तहका कर्मचारीले आज बाट अत्यावश्यक बाहेकका सबै सेवा नै बन्द गरेर विरोधमा उत्रिएको कमल गाउँपालिका वडा नम्वर ४ का सचिव पर्सु तिम्सिनाले बताउनुभयो ।

संसदमा पेश हुनलागेको विधेयक स्थानिय तहका कर्मचारीको हकहित विपरित भएको भन्दै यस अघि विभिन्न माग राखेर स्थानिय तहका कर्मचारीले गत असोज १६ गते गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई माग पत्र बुझाएको आन्दोलनरत कर्मचारीले जनाएको छ ।

मागहरुका विषयमा प्रष्ट पार्दै स्थानीय तह संघर्ष समिति कमलका संयोजक अमृत कुमार शाहले केन्द्रीय समितिको सर्कुलर अनुसार माग पत्र बुझाएको जानकारी दिनुभयो । कर्मचारीहरुले केन्द्रिय सर्कुलर अनुसार यस अघि तिन दिन सम्म हातमा कालो पट्टीसमेत बांधेर कामकाज गरेका थिए ।

आज बाट देशभर अत्यावश्यक वाहेकका सेवा वाहेकका कुनै पनि सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने कर्मचारीले जनाईएका छन् । संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने स्थानीय तहका कर्मचारीको माग रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here