भगवती साकोसको २३ औं सभा

0
11

सुरुङ्गा ।

कनकाई नगरपालिका–३ स्थित भगवती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कनकाई उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष खेमप्रसाद प्रसाईंले सञ्चालक समितिको आर्थिक वर्ष २०८०÷२०८१ को वार्षिक कार्ययोजनासहितको साङ्गठानिक गतिविधिसमेत समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

हाल संस्थामा कुल शेयर पूँजी ३ करोड ८६ लाख ४४ हजार सात सय, कुल बचत १४ करोड १२ लाख २५ हजार पाच सय सतासी, कुल ऋण लगानी १७ करोड २३ लाख ५८ हजार चारसय साठी, कुल खर्च २ करोड ३० लाख ९६ हजार नौसय तेह्र, कुल आम्दानी २ करोड ८६ लाख ५ हजार चारसय एकसट्ठी, नाफा ५५ लाख ८ हजार पाचसय सड्चालिस र कुल सम्पत्ति २३ करोड ५७ लाख ३० हजार एकसय चौरहतर रुपैयाँ पुगेको अध्यक्ष प्रसाईंले बताए । कार्यक्रममा आन्तरिक लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक लीलाप्रसाद उप्रेतीले प्रस्तुत गरेका थिए ।

२०५७ सालमा २५ जना शेयर सदस्यबाट शुरु भएको संस्थामा शेयर सदस्य संख्या आर्थिक वर्ष २०७९÷२०८० असार मसान्तसम्ममा १६ सय ६१ पुगेको संस्थाका प्रबन्धक निर्देशक महेन्द्र सापकोटाले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सङ्कटको बेला पनि भगवती साकोसले सहकारीबाट दिइँदै आएको सेवासुविधालाई निरन्तरता दिन सक्नु नै सहकारीको ठूलो उपलब्धि भएको बताए । कार्यक्रममा झापा जिल्ला सहकारी सङ्घकी उपाध्यक्ष चम्पा खनाल सुवेदी, सुरुङ्गा कनकाई सहकारीका अध्यक्ष प्रकाश चुडाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कनकाई नगरपालिकाका सहकारी शाखा प्रमुख हरिप्रसाद पौडेल, सहकारीकर्मीहरू छबि थपलिया, तेजबहादुर प्रधान, रमेशप्रसाद संग्रौला, भगवतीका संस्थापक अध्यक्ष तिलचन्द्र उप्रेती लगायतको आतिथ्य रहेको थियो । संस्थाका उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वागत मन्तव्य राखेको कार्यक्रम संस्थाका सचिव लीलाप्रसाद भेटवालले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here