एमसिसीका कार्यकारी निर्देशक एलेक्स र अध्यक्ष ओलीबीच भेटवार्ता

0
8

काठमाण्डौं ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का कार्यकारी निर्देशक एलेक्स अलवाइडबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच पार्टी कार्यालय च्यासल, ललितपुरमा सोमबार साँझ भेटवार्ता भएको एमालेले बताएको छ । भेटमा एमसीसी परियोजना कार्यान्वयनका विषयमा कुराकानी भएको एमाले स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले बताए ।

एमसीसीका कार्यकारी निर्देशक अलवाइडले एमसीसी परियोजना कार्यान्वयनको समयावधि अब एक वर्ष ११ महिना बाँकी रहेकाले तोकिएको समयमा सम्पन्न होस् भन्ने चाहना व्यक्त गरेकी थिइन् । भेटमा अध्यक्ष ओलीले एमसीसी परियोजना सहमतिअनुसार अगाडि बढ्नुपर्ने धारणा राखेको भट्टराईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here