मेची पेट्रोलियम ढुवानी सेवाको अध्यक्षमा टीकाराम

0
16

बिर्तामोड ।

मेची पेट्रोलियम ढुवानी सेवाको अध्यक्षमा टीकाराम पिठाकोटे सर्वसम्मत चयन भएका छन् ।

झापाको बिर्तामोडमा शनिबार सम्पन्न पहिलो साधारण सभाबाट पिठाकोटे अध्यक्षमा चयन भएका हुन् । त्यस्तै समितिको उपाध्यक्षमा बिनोद बस्नेत, सचिव तोकप्रसाद दुलाल र कोषध्यक्षमा बिनोद चापागाईँ सर्वसम्मत रुपमा चयन भएका हुन् ।

समितिको सदस्यहरुमा उत्तमकुमार श्रेष्ठ, अमित सरिया, गौरीप्रसाद भण्डारी, दिपेश रिजाल र तारानाथ उप्रेती चयन भएका छन् । समितिको मनोनित सदस्यहरुमा बालकुमार भण्डारी र दुर्योधन गुरुङ रहेका छन् ।

समितिको सल्लाहकारहरुमा नविन कोइराला, चन्द्रबहादुर डाँगी, लयप्रसाद भण्डारी, प्रेमप्रसाद दाहाल, भूपालराज कटुवाल र शिवकुमार गुप्ता रहेका छन् ।

पेट्रोलियम ब्यवसायलाई ब्यवस्थित बनाउँदै वितरण प्रक्रियामा सहजता ल्याउने उद्धेश्यले मेची पेट्रोलियम ढुवानी सेवा प्रारम्भ गरिएको हो । मेची पेट्रोलियम ढुवानी सेवा तदर्थ समितिका अध्यक्ष टिकाराम पिठाकोटेको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथीको रुपमा नेपाल यातायात राष्ट्रिय महासंघका उपाध्यक्ष राजेन्द्र रिजाल रहेका थिए ।

त्यस्तै विशिष्ट अतिथीहरुमा मेची पेट्रोलियम डिलएस एशोसिएसनका अध्यक्ष नविन कोइराला, पूर्व मेची बस ब्यवसायी प्रालि भलाई कोषका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, नेपाल आयल निगम चारआलीका प्रमुख शरणराज भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपाने, टेङकर कमिटी चारआलीका अध्यक्ष जयप्रकाश उराउ, मेची पेट्रोलियम डिलएस एशोसिएसनका पूर्व अध्यक्ष चन्द्रबहादुर डाँगी, लय भण्डारी, प्रेमप्रसाद दाहाल लगायतको आतिथ्य रहेको थियो ।

साविक मेची अञ्चलका चार जिल्ला भित्र रहेका पेट्रोलियम पदार्थ ढुवानी गर्ने ब्यवसायीहरुलाई एउटै छाताभित्र संगठित गर्दै ब्यवसायीक हकहितको संरक्षण गर्ने उद्धेश्यले पेट्रोलियम पदार्थको सहजरुपमा ढुवानी ब्यवस्था मिलाई आफ्नो ब्यवसाय सञ्चालन गर्ने उद्धेश्यले २०७९ असार २५ गते नेपाल आयल निगम चारआली अन्र्तरगत सञ्चालनमा रहेको ढुवानी ब्यवसायीहरुको भेलाले ढुवानी ब्यवसायीहरुको संस्था गठन गर्ने निर्णय गरी २०७९ काक्तिक ३ गते कम्पनी रजिष्टारको कार्यालयमा मेची पेट्रोलियम ढुवानी सेवा गठन गरिएको थियो । तदर्थ समितिलाई साधारण सभा मार्फत वैधानिकता प्रदान गर्दै अघि बढाइएको जनाइएको छ ।

चारआलीमा पाइप लाइनबाट पेट्रोलियम पदार्थ भण्डारण गरेपछि प्रदेशकै ठूलो डिपोबाट सबै जिल्ला तथा पेट्रोल पम्पहरुमा सुरक्षित र ब्यवस्थित रुपमा ढुवानी गर्ने लक्ष्यका साथ यो ढुवानी सेवा सुरु गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here