हरित नगर अभियानमा बिर्तामोड–३ लाई कर्णालीको साथ

0
20

बिर्तामोड ।

वातावरण संरक्षणको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको बिर्तामोड नगरपालिका वडा नम्बर–३ लाई हरित नगर तथा वडालाई हरित वडाको रुपमा चिनाउन गरिरहेको काम प्रति सहयोग गर्ने उद्धेश्यले कर्णाली साकोस संस्थाले गमला प्रदान गरेको छ ।

बिर्तामोड–३ को वडाध्यक्षको जिम्मेवारी सम्हाले लगत्तै वडाध्यक्ष मदन बुढाथोकीले आफ्नो वडालाई वातावरण मैत्री बनााउने बताएका थिए । उनको यो अभियाानलाई वडामा रहेका विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्था, युवा तथा सबै वडाबासीको साथ रहेको छ । उनले शुरु गरेको वृक्षरोपण अभियान अहिले पनि हरेक शनिबार सञ्चालन भइरहेको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए ।

यसैक्रममा वडालाई वातारण मैत्री बनाउदै हरित वडाको रुपमा चिनाउन सहयोग गर्ने उद्धेश्यले बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोस संस्थाले बिर्तामोड–३ लाई सामाजिक उत्तर दायित्व अन्तर्गत ५० थान गमला प्रदान गरेको छ । कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठले वडाध्यक्ष बुढाथोकीलाई गमला प्रदान गर्दै बिर्तामोड–३ लाई वातावरण मैत्री वडा बनाउन आफ्नो संस्थाको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।

सो अवसरमा वडाध्यक्ष बुढाथोकीले ब्यक्ति एक्लैले केहि गर्न नसक्ने भन्दै सबै मिलेमा परिर्वतन धेरै टाढा नरहेको उल्लेख गरे । उनले शहरीकरण बढ्दै जाँदा वातावरणमा प्रतिकुल असर पर्ने र त्यसले मानव सिर्जत रोगहरु निम्तन सक्ने भएकाले वातावरण संरक्षणमा सबैले ध्यान दिनुपर्ने उल्लेख गरे । वडाको हरित नगर तथा हरित वडा अभियानलाई सबैको साथ रहेको भन्दै यसलाई निरन्तरता दिने वडाध्यक्ष बुढाथोकीको भनाई छ ।

सहकारीबाट प्राप्त गमलाको उचित संरक्षण गर्दै आफ्नो वडालाई सैन्र्दयकरण गर्न विभिन्न फूलका विरुवााहरु रोप्ने वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । कार्यक्रममा वडा सदस्य धनसरी राजवंशी, त्रिवेणी टोल विकास संस्थाका अध्यक्ष जानुका थापा मगर लगायतको सहभागिता रहेको थियो । बिर्तामोड–३ मा रहेको अनारमनी सोसल युथ क्लब लगायतका संघ–संस्थाले हरित नगर अभियानमा सक्रियताका साथ काम गरिरहेका छन् ।

साथै आगामी शनिबार बिर्तामोड–३ स्थित भद्रपुर रोड किनारमा रोपिएका बोटविरुवाको संरक्षण तथा बिरुवा गोडमेलको कार्यक्रम रहेको बताइएको छ । बिर्तामोड–३ को सामााजिक काममा बिर्तामोडसहित अन्य स्थानीय तहबाट समेत युवाहरु सहभागिता रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here