छात्रा दुव्र्यवहार आरोपमा मेचीनगरका शिक्षक पक्राउ

0
9

झापा ।

मेचीनगरमा रहेको हरि आधारभूत विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही विद्यालयका शिक्षक ध्रुव पौडेल रहेका छन् ।

उनलाई अभिभावकको उजुरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक रोहित शर्माले जानकारी दिए । शिक्षक पौडेलले छात्रालाई दुव्र्यवहार गर्ने गरेको आरोप लागेको छ ।

छात्राहरूले आफूहरूलाई शिक्षक पौडेलले दुव्र्यवहार गर्ने गरेको बताएसंगै अभिभावकले उजुरी दिएपछि पौडेल पक्राउ परेका हुन् । दुई जना छात्राका अभिभावकले दिएको उजुरी पछि मुद्दा दर्ता गरेर कानूनी प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

शिक्षक पौडेल बिरूद्ध कक्षा ७ र ८ का छात्राहरूले सामुहिक रूपमा पटक÷ पटक विद्यालयमा दुव्र्यवहार गुनासो गरे पनि विद्यालय प्रशासन र व्यवस्थापन समितिले ठोस् कदम नचालेपछि अभिभावकले नै प्रहरीमा उजुरी गरेको बताएका छन् ।

दुई दिन अघि मात्रै मदिरा सेवन गरी विद्यालय आएका शिक्षक पौडेललाई प्रहरीले नियन्त्रण लिएर केही घण्टापछि छोडेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here