लक्ष्मीधापमा जिल्लास्तरिय नकआउट फुटबल प्रतियोगिता शुरु

0
11

अर्जुनधारा ।

झापाको अर्जुनधारा–११ स्थित लक्ष्मीधापमा शनिबारदेखि प्रथम लक्ष्मीधाप जिल्लास्तरिय नकआउट फुटबल प्रतियोगिता–२०८० शुरु भएको छ ।

स्थानीय लक्ष्मीधाप स्पोर्ट क्लबको आयोजनामा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

क्लबका अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वडाध्यक्षद्वय खगेन्द्र इङनाम र भूपेन्द्र न्यौपाने, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, एचसी गु्रपका अध्यक्ष छिरीङ शेर्पा, सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंक बराल, नमूना सामुदायिक वन उपभोक्ता समूहका सचिव मोहन चौलागाईंलगायतको आतिथ्यता रहेको थियो ।

क्लबका सल्लाहकार एवम् आर्थिक समितिका सदस्य सन्तकुमार राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव रुद्रबहादुर दर्जीले गरेका थिए ।

यसैबिच प्रतियोगिताको उद्घाटन खेलमा ब्रदर युनाईटेड फुटबल क्लब चन्द्रगढीलाई ०–३ गोल अन्तरले पराजित गर्दै जलथल फुटबल क्लब हल्दीबारी सेमीफाइनल पुग्न सफल भएको छ ।

स्थानीय लक्ष्मीधाप खेलमैदानमा सम्पन्न खेलमा हल्दीबारीको लागि खेलको ७ औं, २२ औं र ४२ औं मिनेटमा क्रमश विशाल गुरुङ, उज्जवल राई र राजेश राजवंशीले गोल गरेका थिए ।

उद्घाटन खेलका पहिलो गोलकर्ता गुरुङ खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । उनलाई नगद पुरस्कार दुई हजार पाँच सयसहित ट्रफी प्रदान गरिएको थियो ।

स्थानीय युवा तथा खेलकुद समिति सहआयोजक र झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको उक्त प्रतियोगिताको विजेता र उपविजेताले नगद पुरस्कार क्रमश ५१ हजार र ३१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

आइतबार(भोलि)को खेल आयोजक लक्ष्मीधाप र शनिश्चरे फुटबल क्लबबिच हुने क्लबका सल्लाहकार एवम् आर्थिक समितिका संयोजक टेकराज सुब्बाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here