चारपानेमा फ्याक्ट्रीसहित शुष्मा काष्ठ फर्निचर सञ्चालनमा

0
14

चारपाने ।

झापाको बिर्तामोड–२ स्थित चारपानेमा शुष्मा काष्ठ फर्निचर सञ्चालनमा आएको छ । वडादशैंको घटस्थापनाका अवसर पारेर आइतवारदेखि फर्निचर सञ्चालनमा आएको हो ।

फर्निचर फ्याक्ट्रीको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी हुन् ।

६० लाखभन्दा बढी रुपैयाँको लगानीमा रामचोकमा फर्निचर फ्याक्ट्रीसहित चारपानेमा फर्निचर पसल युवा सन्दीप राजवंशीले सञ्चालनमा ल्याएका हुन् ।

उक्त फर्निचरमा २ लाख ७० हजार रुपैयाँसहितका फर्निचरका सामाग्री रहेको सञ्चालक राजवंशीले जानकारी दिए । एकचोटी किनेपछि जीवनभर ढुक्क– भन्ने नाराका साथ व्यवसाय शुरु गरेको सञ्चालक तथा सन्दीपका पिता सन्तोष राजवंशीले बताए । सञ्चालक सन्दीपको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पनि उनैले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रसाईले शुभकामना मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन शुष्मा काष्ठ फर्निचरका मेनेजर राजीव न्यौपानेले गरेका थिए । फर्निचरमा बेड, सोफा, ड्रेसिङ टेवल, डाइनिङ टेवल, अफिस ¥याक, मन्दिरलगायतका फर्निचर सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध रहेको सन्दीपले बताएका छन् । फर्निचरमा २० जनाले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ ।

सोही कार्यक्रमकाबीच फर्निचरका कर्मचारी टंक धिमाल, गणेश सरकार, अर्जुनकुमार चौधरी, सुमन वर्मन र कुमार लिम्बूलाई सम्मानसमेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here