व्यवसायिक एकतामा पत्रकारहरुको जोड

0
15

दमक ।

पत्रकारितालाई थप व्यवस्थित बनाएर अघि बढ्नका लागि प्रविधियुक्त व्यवसायिक एकतामा जोड दिनुपर्ने आइतबार दमकमा आयोजित शुभकामना कार्यक्रममा सहभागी पत्रकारहरुले जोड दिएका छन् ।

पूर्व सन्देश दैनिकले आयोजना गरेको विजयादशमीको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पत्रकारहरुले व्यवसायिक एकतामा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सूचनाको मात्र नभएर अहिले ‘सूचना प्रविधिको युग’ भएकाले सोही अनुरुप व्यवसायिक एकताका लाग्न जोड दिएका छन् । उनले भने –हामीले जबरजस्ती सूचना लादिरहेका छौं कि पाठकको रुची अनुरुपका सामग्री दिइरहेका छौं भन्ने कुरामा छलफल गरौं । अनि सूचनामा प्रविधियुक्त बनेर व्यवसायिक एकता अघि बढाऔं ।

उनले महासंघ झापा शाखाले पत्रकारको व्यवसायिक प्रवद्र्धन र बृत्ति विकासका केही कार्यक्रम ल्याएको प्रसंग उल्लेख गरे । झापाका पत्रकारको इतिहास समेटेको दस्ताबेज ल्याउने काम भइरहेको र पत्रकारको क्षमता अभिबृद्धिका लागि महासंघमा इ लाइब्रेरी खडा गरिएको उनले जानकारी दिए । उनले पत्रकार उपचारकोषमा १ करोड हाराहारी रकम जम्मा भएकाले पत्रकारलाई व्यवसायिक आँट भरोसा दिन यसले बल पु¥याउन काम गर्ने बताए । उनले अरु व्यवसायको जस्तो कसिलो एकताका लागि शुभकामना आदान प्रदान सहितका यसखाले भेटघाट कार्यक्रम बेलाबखत हुनुपर्नेमा जोड दिए ।

महासंघका प्रदेश सदस्य विष्णु सुब्बाले पत्रकारहरुबीच आपसी एकता र सद्भाव कायम गर्दै कसिलो व्यवसायिक एकता आवश्यक हुनुपर्नेमा जोड दिए । महासंघ जिल्ला सचिव डिकेश लामाले पत्रकारका समाचारको सूचनालाई हेरेर राज्यले धारणा बनाएर नीति निर्माण तय गर्ने उल्लेख गर्दै समाचारको विश्व ‘ट्रेण्ड’लाई पछ्याउँदै अध्ययन र विश्लेषण तहमा आफूलाई डो¥याउनु पर्ने धारणा राखे । उनले नयाँ पिढीका लागि अब्बल पत्रकारिताको मार्गदर्शन गर्न प्रविधियुक्त चुनौतीको सामना गर्दै व्यवसायिक एकता गर्न आव्हान समेत गरे ।

कार्यक्रममा पूर्व सन्देशमा नियमित लेख लेख्दै आएका लेखक बाँस्कोटा धनञ्जयले समाज डोर्याउने खोजमूलक पत्रकारिताको आवश्यकता औंल्याए । दशैं तिहार जस्ता चाडपर्व भड्किलो हुन नदिने र त्यसको सांस्कृतिक प्रवद्र्धन, बौद्धिक चेतना प्रवाहका विषयलाई जोड दिएर समाचारका विषय बनाउनु पर्ने बताए ।

पत्रकार महासंघका कोशी प्रदेश सदस्य लीलाराज झापाली, सुरेन्द्र भण्डारी, जिल्ला सदस्य रञ्जीत परियार, चिरञ्जीवी घिमिरे, प्रेस चौतारीका केन्द्रीय सदस्य टीकाराम उप्रेती, प्रदेश सदस्य उमानाथ भण्डारी, जिल्ला अध्यक्ष मनकुमार गदाल, माईपश्चिम अध्यक्ष भूमिराज पराजुलीले पनि एकापसको शुभकामनाका क्रममा व्यवसायिक एकतामा जोड दिए ।

प्रेस युनियनका झापा अध्यक्ष गिरीराज भट्टराई, माईपश्चिम अध्यक्ष विष्णु पौडेल, पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान, पूर्व अध्यक्ष विष्णु पौडेल तथा पत्रकाहरु मिनप्रकाश उप्रेती, सुदीप अधिकारी, झकेन्द्र खड्का, युवराज विवश सहितले आपसी स्वस्थ प्रतिष्पर्धाका लागि पारस्परिक छलफलको आवश्यकतामाथि जोड । उनीहरुले चाडपर्वलाई भड्किलो बनाउन नदिन सोही प्रकारले सूचना प्रवाह गर्दै जानुपर्ने पनि धारणा राखे ।

कार्यक्रममा पूर्व सन्देशका अतिथि सम्पादक पंकज दाहाल, सम्पादक भूपेन्द्रराज तिम्सिना र विमल लामिछानेले आयोजकको तर्फबाट पत्रकारबीचको आपसी समन्वयबाट झापाको पत्रकारिताको उचाइ बढ्ने बताएका थिए ।

कार्यक्रममा, साहित्यकार धनकुटे कान्छा, लेखक ओमप्रकाश गौतम र बद्री कोइरालाले यसको प्रवद्र्धनमा जोड दिए । आयोजक संस्थाका प्रधान सम्पादक गञ्जबहादुर दहालले सवैसँगको छलफल र व्यवसायिक एकताका लागि यसखाले कार्यक्रमले पत्रकारितालाई थप व्यवस्थित बनाउन सक्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here