हचुमासा सामुदायिक वनको २७औं सभा सम्पन्न

0
9

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको २७औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

समूहको कार्यालय प्राङ्गणमा समूहका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

कार्यक्रममा समूहका अध्यक्ष प्रसाईंले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र सहसचिव देउकुमार नेम्वाङ “विकास”ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । गत आर्थिक वर्ष ०७९÷०८०मा एक करोड छ लाख ११ हजार दुई सय ७१ रुपैयाँ ४० पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्ष ०८०÷०८१मा अनुमानित एक करोड पाँच लाख ६५ हजार छ सय सात रुपैयाँ ४० पैसा बराबरको बजेट,नीति तथा कार्यक्रम सभामा पेश गरेको छ ।

उक्त बजेटमध्ये गरिबी न्यूनिकरण खर्चतर्फ ३९ लाख ६२ हजार एक सय दुई रुपैयाँ ७७ पैसा, वन विकास खर्चतर्फ २६ लाख ४१ हजार चार सय एक रुपैयाँ ८५ पैसा, प्रशासनिक खर्चतर्फ १५ लाख ८४ हजार आठ सय ४१ रुपैयाँ ११ पैसा, काठ दाउरा संकलन खर्चतर्फ १० लाख ५६ हजार पाँच सय ६० रुपैयाँ ७४ पैसा, सामाजिक विकास खर्चतर्फ नौ लाख ५० हजार नौ सय चार रुपैयाँ ६६ पैसा र विविध तथा भैपरीतर्फ तीन लाख ६९ हजार सात सय ९६ रुपैयाँ २५ पैसा विनियोजन गरिएको छ ।

सोही कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा समूहका निवर्तमान अध्यक्ष युवराज लोहार, निवर्तमान कार्यालय सचिव श्रीप्रसाद नेपाल, कृषकहरु धनबहादुर तामाङ, पदमबहादुर निरौला र हेम लम्साल, अभियन्ता विष्णुलाल ढकाल, ज्येष्ठ नागरिक केदारनाथ खतिवडा, ढाका बुनाई तालिमबाट स्वरोजगार बन्न सफल आयुष्मा लिम्बू, रणमाया तामाङ र सुनिता एक्तेन रहेका छन् ।

कार्यक्रममा वडाध्यक्ष उपेन्द्र बस्नेत, नगर सामुदायिक वन उपभोक्ता महासंघ अर्जुनधाराका अध्यक्ष भानुभक्त श्रेष्ठ, नेकपा एमालेका खड्गबहादुर गोले, नेपाली काँग्रेसका मदन ढकाल, नेकपा माओवादी केन्द्रका पवन खनाल, राप्रपाका रंगलाल मिश्र, समूहका सल्लाहकार वीजेन्द्रकुमार एक्तेनलगायतको आतिथ्यता रहेको थियो । समूहकी सदस्य कुमारी बुर्जा मगरले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव प्रभा नेपालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here