नेपाल डेरी एसोसिएसनद्वारा तत्काल मूल्यबुद्धि फिर्ता लिन आग्रह

0
12

बिर्तामोड ।

नेपाल डेरी एसोसिएसन कोशी प्रदेशले मूल्यबुद्धि फिर्ता लिन सरकार समक्ष माग गरेको छ । गत फागुनमा नेपाल सरकारले गरेको मूल्यवृद्धीका कारण दुग्ध ब्यवसाय, दुध डेरी, दूग्ध व्यवसायी, किसानहरुको अवस्था चिन्ताजनक भएकाले मूल्यबृद्धि फिर्ता लिन सरकार समक्ष माग गरेको हो ।

नेपाल डेरी एसोसिएसन कोशी प्रदेशले हाल दुध क्षेत्रमा देखिएको समस्याको विषयमा सोमवार (आज) बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आफ्ना समस्या राखेका हुन् । एशोशिएसनले सात बुँदे सुझावसहित सरकारलाई दिदै धरासायी बन्दै गएको दुग्ध ब्यवसायलाई जोगाउन मागसमेत गरेका छन् ।

सरकारले तत्काल मूल्य वृढी फिर्ता लिनुपर्ने, कृषकको उत्पादन लागतमा भईरहेकाबृद्धिलाई न्युनिकरण गर्न तत्काल कार्यदल गठन गरी व्यवस्थापन गर्दै अगाडि बढ्नु पर्ने, उत्पादनको आधारमा कृषकलाई उपलब्ध गराईएकोप्रति लिटर दुधमा दिइएको अनुदान रकमलाई वृद्धि गर्नुपर्ने, दुग्ध पदार्थ निर्यातमा व्यवसायीले गरेको पहलमा राज्यले सहजीकरण गर्नुपर्ने, दुग्ध पदार्थ निर्यात तथा व्यवस्थापन कार्यदल गठन गर्नुपर्ने, स्टकको आधारमा दुग्ध उद्योेगहरुलाई बिना ब्याज ऋण उपलब्ध गराउनुपर्ने, नेपालमा उत्पादन लागत बढी भएका कारण निर्यात हुन कठिन भएकोले निर्यातमा अनुदानको व्यवस्थापन गरिनुपर्ने र हालको अस्वभाविक दुधकोवृद्धी र उपभोगमा कमि आएकाले सोको व्यवस्थापनमा तत्काल राज्यले सरोकारवाला सबैलाई राखेर छलफल गरि उचित निष्कर्ष निकालिनु पर्नेलगायतका सरकारलाई सुझाव दिएका छन् ।

दुधजन्य पदार्थलाई बिदेश निर्यात गरी नेपालमा पशुपालन व्यवसायलाई प्रमुख विदेशी मुद्रा आजनको स्रोतको रुपमा विकसित गर्न डेरी व्यवसायी लागिरहेको भएपनि अहिले अत्यन्तै कठिन परिस्थिति सृृजना भएको एशोसिएसनका केन्द्रिय उपाध्यक्ष राजन चिमरियाले बताए ।

‘मूल्यबृद्धि गर्दा विशेष ध्यान दिनु पर्ने दुईवटा विषयलाई पुरै बेवास्ता गरियो’ उपाध्यक्ष चिमरियाले भने ‘पहिलो नेपाल र भारतमा दुधको मूल्यको अवस्था अध्ययन गरिनुपथ्र्यो भने दोस्रो नेपाल आत्म निर्भर भई रहदा दूधको मूल्यबृद्धिले उत्पादित वस्तु निर्यात गर्नलाई अन्तराष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्ने वाताबरण बनाउनुपथ्यो ।’ खुल्ला सिमाको कारण नेपालतर्फ दूधको मूल्यबढी हुँदा सिमाबाट भारतीय दूध अधिक मात्रामा नेपाल भित्रीने क्रमका कारण पनि कठिन अवस्था सृजना भएको उपाध्यक्ष चिमरियाले बताए ।

दुधजन्य पदार्थको निकासीमा उत्पादन लागत बढेसँगै अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा निर्यात ठप्प भएको महासचिव हेमचन्द्र खनालले बताए ।

जसको कारण नेपाली उद्योगीसँग ६ अर्व भन्दाबढीको दूग्ध पदार्थका सामान स्टक रहेको छ । तयार गरिएका सामान विक्री नहुँदा दुध उद्योगहरु मिल्क होलिडे गर्न बाध्य भएको बताउँदै महासचिव खनालले किसानको पैसा समयमा भुक्तानी दिन नसक्ने अवस्था सिर्जना भएको बताएका छन् ।

दुध तथा दुग्ध पदार्थको अत्यधिक स्टकका कारण किसानलाई दुधको रकम भुक्तानी प्रभावित हुन थालेको जानकारी दिदै किसान दूग्ध पेशाबाट पलायन हुने सम्भावना अत्याधिक बढेको उनले बताए ।

दूग्ध क्षेत्रमा आएको विकराल अवस्थाले आगामी ८ देखि १० महिनापछि सवै व्यवसायीक कृषक पलायन हुने खतरा भएका देखिएको छ । सरकारले दूग्ध क्षेत्रमा लगानी गरेको रकम बालुवामा पानी बराबर हुने अवस्था देखिएको छ ।

एशोशिएसनका कोशी प्रदेश अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कोषाध्यक्ष अम्बिकाप्रसाद चापागाई, इलाम जिल्ला अध्यक्ष लक्ष्मी थापा, सदस्य प्रकाश बोहोरालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन केन्द्रिय सदस्य तथा कोशी प्रदेश सचिव अशेषकुमार बुढाथोकीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here