विराटनगर,
![](https://purwanchaldaily.com/wp-content/uploads/2023/10/MD-Morang-CMKoshi.jpg)
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिनुहुनेभएको छ ।
संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराउनुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्कीले असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।