नेपाल – भारतका अधिकारी बीच छलफल

0
7

नेपालगन्ज, 

भारतको सिमामा नेपालीहरुको चहलपहल बढेको छ भने सुरक्षा निकाय पनि चनाखो हुँदै सिमा वारीपारि सादा पोसाकमा सुरक्षाकर्मी संचालन गर्न तयार हुने कि भन्दै कुरा आएको छ ।

यसै विषयमा भारतबाट फर्किने नेपालीको सुरक्षालाई मध्यनजर गर्दै नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबिच छलफल भएको छ । नेपालीहरुको महान चाड बडा दशै मनाउन भारत मा काम गर्ने व तेस्रो मुलुक बसेर काम नेपालीहरुको सहज गन्तव्यका लागि भारतको बाटो नै रोज्ने गर्छन् ।

केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुष्मा शर्मा सहितको टोलिले नेपाल–भारत मैत्री संघ बाँकेको टोलीले सीमास्थित भारतीय सुरक्षा अधिकारीसँग छलफल गरी रुपैडियास्थित बसपार्क र रेल्वेमार्गमा नेपाली यात्रुको सुरक्षाका लागि प्रभावकारी रूपमा सुरक्षाकर्मी परिचालन गर्न आग्रह थिए ।

नेपाल–भारत मैत्री संघका केन्द्रीय सदस्य अमर खड्काले भारतका विभिन्न सहरमा कामगरी चाडपर्व मनाउन घर फर्किने नेपालीहरु सुरक्षित रहुन भनी चासो लिएका हुन ।

जिल्ला अध्यक्ष प्रदीपकुमार गुप्तासहितको टोलीले भारतीय सीमा सशस्त्र बलका सहायक कमाण्डर वासुकि नन्दन, प्रहरी प्रमुख डा. उमाशङ्कर वैश्यलगायतका सुरक्षा अधिकारीसँग नेपालीको सुरक्षाका सवालमा टोलि ले चासो ब्याक्त गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here