पथरी शनिश्चरे ८ को ‘वडादेखि ढोकासम्म’ होम डेलिभरी प्रभावकारी

0
11

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ८ ले ‘वडादेखि ढोकासम्म’ कार्यक्रम होम डेलिभरी सेवा प्रभावकारी बन्दै गएको छ ।

केही दिन अगाडि आफ्नो फेसबुक मार्फत् कार्यक्रमको सार्वजनिक गरेका वडा अध्यक्ष नविन कार्कीले सोमबार वडाको दुई जना नानीहरुको जन्मदर्ता घरैमा गएर कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् ।

वडाबाट हुने जन्मदर्ता, मृत्युदर्ता, जन्म प्रमाणित, मृत्यु प्रमाणित, अस्थायी/ स्थायी बसोबास प्रमाणित, बिपन्न नागरिक सिफारिस, ६८ बर्ष पूरा भएपछि राज्यले दिने जेष्ठ नागरिक भत्ता कार्ड, अपांगता परिचयपत्र सिफारिस, दिर्घरोगी सिफारिस, रातो र निलो कार्ड भएको अपाङ्गता भएका व्यक्तिहरुको सबै प्रकारको सिफारिस वा प्रमाणित, ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको सबै प्रकारको सिफारिस वा प्रमाणित लगायत सेवाहरु होम डेलिभरी भइरहेको छ ।

यी विविध सेवाहरू होम डेलिभरी सेवा मार्फत् लिनका लागि आवश्यक कागजातहरु स्कानिङ गरेर बुझिनेगरी ९८४२०३४९१५ नम्बरको ह्वाटसपमा र वडाअध्यक्षको नविनजंड कार्की फेसबुकमा म्यासेज वा psmunward8@gmail.com मा इमेल गरेर पठाउनुपर्नेछ । यी कागजहरु प्राप्त भएको २४ घण्टाभित्रमा जनप्रतिनिधि वा वडाका कर्मचारीहरु मार्फत् सेवाग्राहीको घरमै कागजपत्र निःशुल्क पुरर्याइने वडा सदस्य बाबुरा चौधरीले जानकारी दिनुभयो ।

यसरी कागजात घरमा नै लगेर दिने नेपालकै यो कार्यक्रम सम्भवतः पहिलो हुनसक्ने आँकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here