नेमद्वारा ३१ विद्यार्थीलाई छात्रवृत्ति

0
18

सुरुङ्गा ।

नारायणी मेमोरियल फाउण्डेसन (नेम फाउण्डेसन) ले झापाका विभिन्न सामुदायिक विद्यालयका ३१ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

कनकाई न.पा. वार्ड नं ४ स्थित जेष्ठ नागरिक भवनको सभाकक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले सो छात्रवृत्ति वितरण गरेका थिए ।

सो छात्रवृत्ति रकम शैक्षिक सत्र २०८० को दोस्रो किस्ता वापतको बताइएको छ । यसै वीच फाउण्डेसनको तेस्रो साधारणसभा वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद पाठकको अध्यक्षतामा पुनः कार्यसमिति चयन गरेको छ ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको विशिष्ट आतिथ्य र अग्रज साहित्यकार कनकाई मा.वि.का पूर्व प्रधानाध्यापक कोमलप्रसाद पोखरेलको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कनकाई नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पिताम्बर गौतम, कनकाई बहुमुखी क्याम्पसका प्रमुख विकासप्रसाद उप्रेती, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, दाताहरूका तर्फबाट विनोद ओली, पोखरी मा.वि.ते¥हथुमका प्रधानाध्यापक देवीप्रसाद संग्रौला लगायतले परोपकारी कार्यको सराहना गर्दै भविष्यमा फाउण्डेसनको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा ९५ वर्षीया नारदमनि शिवाकोटी र ९६ वर्षीया श्री मेघराज नेपाललाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा अक्षयकोषदाता विनोद ओलीले थप ३ लाख र काठमाडौँ निवासी प्रवीण आचार्यले ३ लाख रुपैयाँ अक्षयकोषमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको फाउन्डेसनका सचिव प्रदीप पाठकले जानकारी दिए ।

फाउण्डेसनका अध्यक्ष पाठकले दाताहरूको सेवाभाव र मनकारी भावनाले फाउन्डेसनको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताए ।

अनुषा विकले गीतद्वारा स्वागत गरेको कार्यक्रममा अनुषा रसाइलीले सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन फाउन्डेसनका छात्रवृत्ति वितरण समितिका सचिव कुमार पाठकले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here