हरियाली वनको सभा तथा सम्मान

0
9

गोपाल अधिकारी,
बिर्तामोड ।

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष जगतबहादुर राईले गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ६ का अध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, वडा सदस्यहरु जीवन बाँस्कोटा, खेम अधिकारी, डिभिजन वन कार्यालय धाइजनका प्रमुख कुलप्रसाद भट्टराई, समाजसेवी रामकुमार कन्दङ्वा, खिमप्रसाद आङ्वो, तेजबहादुर कन्दङ्वा, विष्णुप्रसाद पोख्रेल, गणेश कन्दङ्वा, विरबहादुर राई, पर्शुराम खनाल लगायतको उपस्थिति रहेको थियो ।

समितिका उपाध्यक्ष मनिकुमार भट्टराईले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि महताराले सघन शहरी विकास मन्त्रालयबाट प्राप्त भएको सहयोग रकम बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित हरियाली सामुदायिक वनलाई उपलब्ध गराइएको जानकारी दिइन् ।

शुभकामना मन्तव्यकै क्रममा उक्त सहयोग रकम एक करोड २५ लाख रुपैयाँ वन हाताभित्र रहेको सिमसारलाई व्यवस्थित रुपमा निर्माण गर्न उपलब्ध गराइएको वडाध्यक्ष सूर्य कन्दङ्वाले बताए ।

त्यस्तै वन क्षेत्रभित्र सिमसार व्यवस्थापन, वन भोजस्थल, पार्किङ्ग, चिल्ड्रेन पार्क, खेल मैदान, धार्मिक महत्वका बहुउपयोगी र आन्तरिक पर्यटकलाई टेवा पुग्नेखालका योजनाहरु रहेको अध्यक्ष राईले जानकारी दिए ।

वन समितिको आन्दोलनमा सहादत प्राप्त गर्ने शहीद चन्द्रवीर राईकी श्रीमती चन्द्रसुवी राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाईं, विशेष अतिथि बिर्तामोड नगरपालिका वडा नं. ६का वडाध्यक्ष कन्दङ्वा र डिभिजन वन कार्यालय प्रमुख कुलप्रसाद भट्टराईलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन समूहकी सचिव कृष्णमाया चौधरीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here