झापाको हल्दीबारीमा क्षेत्रीय डोरी तान संघ गठन

0
15

झापा ।

खेलकूद अन्तरगतको एक लोकप्रिय डोरी तान खेलको प्रर्वद्धन गर्ने उद्देश्यले स्थापना भएको डोरितान संघ झापा जिल्ला समितिले झापामा क्षेत्रीय संघ गठन गर्ने कार्य सुरु गरेको छ ।

बुधबार झापाको हल्दीबारी गाउँपालिकामा पालिका स्तरीय डोरी तान क्षेत्रीय समिति गठन भएको छ । हल्दीबारीमा गठन भएको क्षेत्रीय समिति झापामा पहिलो हो । खकेन राजवंशीको अध्यक्षतामा संघमा सात सदस्यीय समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा मदन दाहाल, सचिव तुलसी मिश्र, कोषाध्यक्ष गणेश मगर, सदस्यहरूमा रूपादेवी रसाइली, निकिता राजवंशी र अनिल चौहानलाई सर्वसम्मत चयन गरिएको छ ।
डोरी तान सङ झापाकी अध्यक्ष युनिता दवाडीको अध्यक्षता र हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यमा आयोजित भेलाले हल्दीबारी समिति गठन गरेको हो ।

समिति गठन कार्यक्रममा गाउपालिका उपाध्यक्ष लीलादेवी मैनाली, वडा न १ का वडाध्यक्ष देवी बहादुर थापा, वडा न २ का वडाध्यक्ष सुकलाल राजवंशी, वडा न ४ का वडाध्यक्ष सन्तकुमार थापालगायतको आतिथ्यता रहेको थियो ।

झापा जिल्ला डोरी तान संघ कार्यसमिति सदस्य हेम कुमार न्यौपानेले स्वागत गरेको कार्यक्रममा प्रदेश उपाध्यक्ष हीमा पौड्यालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन ।

कार्यक्रमको सञ्चालन झापा जिल्ला डोरी तान संघ कार्यसमिति सदस्य यादव मिश्र गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here