सबै संस्कृतिको सम्मान गर्नुपर्छ– थेबे

0
21

बिर्तामोड ।

काङ्ग्रेसको चाहना नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले सबै जाति, भाषी र संस्कृतिको सम्मान गर्ने काङ्ग्रेसको नीति रहेको हुँदा एक आपसमा मिलेर सबै पर्वहरु मनाउन अपिल गर्नु भएको छ ।

नेपाल विद्यार्थी संघ झापाद्वारा आयोजित बडा दशै टीका, आर्शिवाद र दक्षिणा बिषयक शुभकामना कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा आज जिल्ला पार्टी कार्यलयमा सम्बोधन गर्दै थेवेले बहुभाषिक, बहु सांस्कृतिक मुलुक भएको हुँदा सबै मिलेर सबैको संस्कारमा रमाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाईले आफ्नो संस्कृति मनाउदा अर्काको संस्कृतिको कसैले पनि बिरोध गर्नु नहुने भनाई राख्नु भयो । कार्यक्रममा नेपाली काङ्ग्रेस झापा २ न क्षेत्रीय सभापती खगेन्द्र मैनाली, नेबिसंघ केन्द्रीय सदस्य नारायण नेपाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सो अवसरमा काङ्ग्रेस सभापती थेवेले सबै सभागीलाई दहिमा मुछेको रातो अक्षता लगाई दिनु भएको थियो भने सचिव हुमागाईले दक्षिणा, खगेन्द्र मैनाली र भोजराज सिटौलाले फुल अक्षता प्रदान गर्नु भएको थियो ।

नेबिसंघ झापा सभापति संजय निरौलाको सभापतित्वमा भएको सो कार्यक्रममा विशाल सिटौलाले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन गोकुल पौडेलले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here