कटुवा पेस्तोलसहित तीन जना पक्राउ

0
10

मोरङ।

मोरङको धनपालथान गाउँपालिका–२ बाट कटुवा पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व सुरक्षा बिशेष कार्य योजना अनुसार प्रहरी चौकी अमाहीबरियातीबाट गस्तीमा खटिएको गस्ती टोलीले धनपालथान–२ स्थित भित्री सडक खण्डमा सडक छेउमा रोकी राखेको ०६ पिए १३६२ नम्वरको स्कारपियो गाडीलाई शंका लागि चेकजाँच गर्दा उक्त गाडीको ड्यासबोर्ड भित्र लुकाई राखेको कटुवा पेस्टोल एक थान र ३ राउण्ड गोली समेत फेला पारेको हो ।

गाडीमा गोली सहित कटुवा पेस्तोल फेला परे संगै गाडी चालक सर्लाही हरीपुर्वा–७ का २७ बर्षीय रबिन्द्रकुमार यादव र गाडीमा सवार रहेका सर्लाही हरीपुर्वा–७ का २० बर्षीय कमलेश कुमार यादव र महोत्तरी गौशाला–६ का २२ बर्षीय राम दयाल यादव समेतलाई पक्राउ गरिएको हो ।

कटुवा पेस्तोलसहति पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here