चिनियाँ जनमुक्ति सेनाको गोप्य नेपाल भ्रमण किन ?

0
8

काठमाडौँ,

चिनियाँ जनमुक्ति सेनाको उच्चस्तरीय टोली नेपाल भ्रमण सम्पन्न गरेर स्वदेश फर्केको छ ।

टोली एअर चाइनाको उडान नम्बर सीए ४३८ मा काठमाडौंबाट सिचुआन प्रान्तको राजधानी छन्तु हुँदै चीन गएको हो ।

गत शुक्रबारदेखि नेपाली सेनाको आयोजनामा विभिन्न स्वदेशी तथा विदेशी टिमहरूको सहभागितामा धादिङको बैरेनीदेखि चरौंदीसम्म त्रिशुली नदीमा सञ्चालन भएको कोस इन्टरनेसनल ट्रि एडभेन्चरको छैंठौं संस्करणमा भाग लिन चिनियाँ टोली नेपाल आएको बताइएको छ ।

चिनियाँ जनमुक्ति सेनाका कर्नेल तथा चिनियाँ सेनाको मुख्यालयमा रहेको स्टाफ विभागका उपनिर्देशक हुवाङ यानहुई नेतृत्वको टोलीमा अन्य तीन जना सैनिक अधिकृत थिए । कर्नेल याङ ले, कर्नेल फाङ सिआङ, सेकेण्ड लेफ्टिनेन्ट लोङ चेनसेङयु पनि आजै स्वदेश फर्केका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here