प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

0
9
काठमाडौँ,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसङ्घका महासचिव तथा कतारका राजाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो भेटमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा पनि छलफल भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here