सिमा नाकामा तालिम प्राप्त कुकुरसहितको प्रहरी चेकिङ

0
10

बिराटनगर।

झापाको भद्रपुरस्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच शुरु गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सिमावर्ती एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुर सहित कडाइका साथ चेकजाँच गरिदै आएको छ ।

भद्रपुर नगरपालिका–५ स्थित मेचीपुल तथा आसपासका एरियामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोली तथा दुई वटा तालिम प्राप्त कुकुर सहितको चेकिङ टोलीले सिमा नाकामा आवत जावत गर्ने सवारी साधन तथा संकित मानिसहरुलाई चेकजाँच गर्दै आईरहेको छ ।

कोशी प्रदेश अन्तरगत रहेका मुख्य सिमा नाका सहित अन्य सिमा नाकाहरु तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधि नियन्त्रणको लागि कुकुर सहितको प्रहरी चेकिङ टोलीले निरन्तरुपमा कडाईका साथ चेकजाँच गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here