मुख्यमन्त्रीलाई कांग्रेस झापाद्वारा स्वागत सम्मान

0
12

बिर्तामोड।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसका सांसदहरुले प्रतिपक्षी भएर पाँच बर्षसम्म संसदको एककुनामा बस्नुपर्ने अवस्था आएपछि संविधानको धारा १६८ (५) को अधिकार सदुपयोग गरेर आफू मुख्यमन्त्री बनेको बताउनुभएको छ ।

नेपाली कांग्रेस झापा जिल्ला कार्य समितिको आयोजनामा आज आयोजित मुख्यमन्त्रीको स्वागत सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो धारणा राख्नुभएको हो ।संविधानको सदुपयोग गर्दा पार्टीभित्र विद्रोह गरेको रुपमा नबुझ्न आग्रह गर्दै उहाँले पार्टीका संस्थागत निर्णयहरुको पूर्ण पालना गर्दै पार्टीको नीति, सिद्धान्त र विचार अनुकुल रहेर मुख्यमन्त्रीको जिम्मेवारी संहाल्ने प्रतिबद्धता जनाउनुभयो ।

अधिकतम जनताको हितमा हुने गरी प्रदेशका योजना चयन गरेर बजेट बनाउने बताउँदै मुख्यमन्त्री कार्कीले दुईपटकको पहलमा पनि कांग्रेसको नेतृत्वमा सरकार नबन्ने अवस्था आएपछि आफू मुख्यमन्त्रीका लागि उभिएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्वव थापाले कानून मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक संहालेका कार्कीलाई मुख्यमन्त्रीको रुपमा पाउनु पार्टी र कोशी प्रदेशका जनताका लागि गौरवको विषय भएको बताउनुभयो ।

कोशी प्रदेशमा कुनै पनि पार्टीले बहुमत प्राप्त गर्ने स्थिति नहुँदा युद्ध मैदानमा उत्रिएर सकुशल फर्कनु र मुख्य मन्त्री प्राप्त गर्नु पार्टीका लागि गौरवको विषय भएको बताउनुभयो । संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले सरकारको नेतृत्व गर्दैगर्दा प्रदेशलाई अधिकारसम्पन्न एवं प्रदेश सरकार आवश्यक छ भन्ने जनभावना जागृत गराउनेगरी कार्य गर्न सुझाव दिनुभयो ।

नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गर्नुभएको जानकारी नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here