बेलबारीमा मिनि मेला हुने

0
10

पथरी शनिश्चरे,

विभिन्न सामाजिक गतिविधि सञ्चालनका साथै सुधार केन्द्र सञ्चालन गर्ने मुख्य उद्धेश्यका साथ मोरङको बेलबारी १ मा यहि कात्तिक १७ गतेदेखि बेलबारी मिनि मेला सञ्चालन हुने भएको छ ।

मेला आयोजक संस्थाले आईतबार साँझ पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराएको हो । बेलबारी युवा समाजको आयोजनामा रिभर साईड रिसोर्ट बेलबारी १ मा करिब १ महिना सञ्चालन हुने मेलामा दैनिका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

आयोजक संस्थाका सचिव सुबिन राईका अनुसार मेलामा बिभिन्न सामाग्रीका स्टल,खेल सामाग्री लगायत मेलाका आकर्षणका रुपमा रहनेछन् ।

मेलामा १६ वटा स्टल रहेको र प्रायः जसो स्टलहरु बुक भईसकेको मेलाका संयोजक सञ्जय गुरुङले बताएका छन्। उनका अनुसार मेला सभ्य र भब्य रुपमा सम्पन्न गर्न बिभिन्न उपसमितिहरु समेत गठन गरिएको जानकारी दिए ।

मेला सञ्चालनका लागि करिब ४० लाख खर्च हुने समेत आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here