धुलोका कारण हैरान भएका स्थानीय द्वारा पाडाजुँगी–गौरादह सडक बन्द

0
13

कमल ।

सडकबाट निस्किएको धुलोका कारण हैरान भएर स्थानीयवासीले आइतबार आइतबारेबाट पाडाजुँगी–गौरादह सडक बन्द गराएका छन् ।

पाडाजुँगी चौक देखी प्रादेशिक आयुर्वेदिक अस्पताल सम्म साडे ३ किलोमिटर सडक निर्माण गर्ने क्रममा ठेकेदारले बिचमा निर्माण कार्य बन्द गरे पछि निस्किएको धुलोका कारण स्थानीय बासी हैरान भएर आइतबारबाट सडकमा यातायात नचल्ने गरी सडक बन्द गराएको कमल गाउँपालिकाका नि वर्तमान उपाध्यक्ष रहेका बेनु शिवाकोटीले जानकारी दिए ।

गएको आर्थिक वर्षको अन्त्यमा नै सडकको निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने थियो तर रकम अभाव भन्दै ठेकेदारले काम छोडेका कारण अहिले सडक बाट निस्किएको धूलोका कारण स्थानीय वासी हैरान भएर सडक बन्द गर्नु पर्ने बाध्यता भएको शिवाकोटीले बताए ।

सडक बाट निस्किएको धूलोका कारण सडक आसपासका स्थानीयलाई धेरै ठुलो समस्या आएको छ । धुलोका कारण रुघाखोकी लाग्ने ज्वरो आउने, झाडा पखाला लाग्ने, घरका समाना खराब हुने लगायतका समस्या आएकोले सडक बन्द गरेको शिवाकोटीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here