रास्ट्रपति र प्रधानमन्त्री सङ संयुक्त रास्ट्र संघका महासचिवको भेट्

0
76

काठमाडौं । 

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता भएको छ ।

आइतबार राष्ट्रपति भवन शितल निवास पुगेर गुटेरेस राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन ।

राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा कुरा भएको श्रोतले जनाएको छ ।

नेपालको चार दिने भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस भेटघाटमा व्यस्त हुनुभएको छ ।

गएराति काठमाडौं आईपुग्नुभएका गुटेरसले आइतबार दिउँसो परराष्ट्रमन्त्री एनपी साउदसंग भेटवार्ता गर्नुभयो । परराष्ट्र मन्त्रालयमा गुटेरस र साउदबीच वार्ता भएको हो । परराष्ट्रमन्त्री साउदसंगको भेटलगत्तै महासचिव गुटेरस प्रधानमन्त्री पुष्पकमल दाहालसंगको भेटवार्ताका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबार पुग्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here