टेकेन्द्र ढकाल/चारआली।

झाापाको मेचिनगर १३ स्थित तेलिबारीमा सञ्चालित स्मार्ट जीम एण्ड जुम्मा युवाहरूको आकर्षणको केन्द्र बन्दै गएको छ।
प्रत्येक दिन बिहान ४ बजेबाट १०बजे बेलुकासम्म सञ्चालनमा रहेको सो जीमशाला गत भाद्र १ गतेबाट सञ्चालनमा आएको हो ।
एक पटकमा एक सय ५० जनाले प्रयोग गर्न सकने क्षमता भएको तीन कठ्ठा जमिनको क्षेत्रफलमा एक करोड ५० लाखको लगानीमा शुरु गरिएको सञ्चालक रबिन मेचेले बताए।

अत्याधुनिक उपकरणहरुको प्रयोगबाट बडिबिल्डर, मसलगेन, कार्डियो एक्सर्साइज ,फ्याट लेस, डाइट सोलुशन, पर्सनल ट्रेनिङ्का साथमा लेडिज जुम्मा डान्सको समेत ब्यबस्थापन गरिएको सञ्चालक मेचेले जानकारी दिए ।

उनका अनुसार सर्वसुलभ शुल्कमा प्रभावकारी प्रशिक्षण दिनुका साथै पार्किङ्को समेत यथेष्ट ब्यबस्था गरिएको छ । हाल सरदर प्रतिदिन लेडिज र जेन्स गरि दुई सय ७० जनाले प्रशिक्षण लिइरहेकाले स्मार्ट जीम र जुम्मा युवाहरुको आकर्षणको केन्द्र बनेको सञ्चालकको दाबी छ ।































