अन्तर्राष्ट्रिय झापाली समाजसँग अन्तरक्रिया

0
106

सुरुङ्गा ।

रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा अन्तर्राष्ट्रिय झापाली समाजसँग शुभकामना, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

रोटरी क्लब अफ सुरुङ्गाका प्रेसिडेन्ट शिवकुमार कडेंलको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजले कनकाई नगरक्षेत्रको विकासका लागि गर्न सक्ने कामका बारेमा छलफल भएको छ ।

अन्तर्राष्ट्रिय झापाली समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुङ्गानाले सार्क मुलुकबाहेकका मुलुकमा रोजगारी र अध्ययनका लागि गएका नेपालीहरूको साझा संस्थाको रूपमा अन्तर्राष्ट्रिय झापाली समाज क्रियाशील रहेको बताए । समाजले शिक्षा क्षेत्रका लागि १ करोडको अक्षयकोषबाट झापाका १ सय २० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइँदै आएको जानकारी दिए ।

२ वर्षको कार्यकाल रहेको समाजको नयाँ समितिका महासचिव महासचिव नवीन पोखरेलले समाजले झापालाई समृद्ध बनाउन शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताए । महासचिव पोखरेलले विगतका वर्षहरूमा बाढीपीडित, कोभिड पीडितलाई सहयोग गरेको, कोटीहोममा पीसीआर ल्याब स्थापनामा सहयोग गरेको बताए ।

उक्त कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, गैरआवासीय नेपाली सङ्घ ओसिएन क्षेत्रका संयोजक दिनेशकुमार पोखरेल, जामुनाबारी सामुदायिक वन समूहका अध्यक्ष ख्यामराज सिटौला, रोटरी क्लब अफ सुरुङ्गाका पूर्व अध्यक्षहरू खेमप्रसाद प्रसाईं, टीकाप्रसाद जमरकट्टेल, रोटरियन लुबराज उप्रेती, सहकारीकर्मी कमल कट्टेल, शिक्षाकर्मी अखिलकुमार कोइराला, तीर्थराज खरेल, सञ्चारकर्मी लीलाराज झापाली, रामप्रसाद निरौला, उद्योगी डिल्लीराम मैनाली, कनकाई वन समूहका अध्यक्ष ख्यामप्रसाद ओली लगायतले मन्तव्य राखेका थिए ।

सुरुङ्गा जेसीजका अध्यक्ष प्रविन तिम्सिना, नेपाल भारत मैत्री सङ्घ सुरुङ्गाका सचिव गोमादेवी कार्की, महिला नेतृ रेनुका उप्रेती (मैनाली), कनकाई खेलकुद समितिका अध्यक्ष जविन तिम्सिना, युवा व्यवसायी ख्यामराज दाहाल, भलिबल प्रशिक्षक राजु पाठक लगायतको आतिथ्य रहेको कार्यक्रममा रोटरी क्लब अफ सुरुङ्गाका चार्टर प्रेसिडेन्ट एलपी उप्रेतीले स्वागत मन्तव्यसहित औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ सुरुङ्गाका सचिव बिनिता बिमलीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here