एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु

0
95

झापा।

झापाको बिर्तामोड नगरपालिका– १ अदुवापुलस्थित पूर्व–पश्चिम लोकमार्गमा एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको श्रीसिद्ददेवी कृषि सहकारी संस्था ईलामको एम्बुलेन्सले बिर्तामोड नगरपालिका–४ कि ६९ बर्षीया सीता साह कल्वारलाई पैदल यात्राको क्रममा ठक्कर दिएको थियो ।

एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएकी उनको उपचारको क्रममा प्रादेशीक अस्पताल भद्रपुरमा मृत्यु भएको थियो भने एम्बुलेन्स र एम्बुलेन्स चालक ईलामको माईजोगमाई नगरपालिका–३ का३६ बर्षीय सुजन प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here