अरिङ्गालको टोकाईबाट इलाममा एक जनाको मृत्यु

0
109

इलाम।


इलामको इलाम नगरपालिका–१२ साङरुम्बामा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

छिमेकिको बारीमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रूखमा रहेको अरिङगालले टोकेर घाईते भएका स्थानिय ५९ बर्षिय यामबहादुर लिम्बू र उनको ज्वाई ३० बर्षीय सन्तोष लिम्बूलाई उपचारको लागि जिल्ला अस्पताल इलाम ल्याइएको थियो ।

थप उपचारको लागि बिर्तासिटी अस्पताल झापा लगिएकोमा उपचारको क्रममा सन्तोष लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here