अवैध कपडा बरामद

0
78

झापा।

झापाको मेचिनगर नगरपालिका–५ राजवंशी टोलबाट अवैध भन्सार छलेका रेडिमेड कपडाहरु प्रहरीले बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर नेपाल तर्फ ल्याउदै गरेको उलनको सर्ट ९३ पिस, जम्पर ११७ पिस र फुल भेष्ट १४ पिस बरामद गरेको हो ।

बरामद भएका करिव चार लाख ५० हजार मुल्य बरावरको रेडिमेड कपडाहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाईएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here