बिर्तामोड वाणिज्य संघको निर्वाचन फागुन १४ मा

0
97

झापा ।

आगामी फागुन १४ गते बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन हुने भएको छ ।

विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले दिएको जानकारी अनुसार संघको मंगलवार बसेको बैठकले चुनावको मिति तय गरेको हो ।

संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा बसेको वैठकले संघको साधारणसभा भने यही कात्तिक १८ गर्ने निर्णय गरेको बताइएको छ ।

अघिल्लो चुनावमा हालका अध्यक्ष प्रकाश शिवाकोटीले २ हजार १३९ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी सुवास भट्टराईले एक हजार ६१५ मत पाएका थिए ।

फागुन १४ मा हुने चुनावमा अध्यक्षका लागि हालका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने र महासचिव अर्जुनकुमार मैनालीको चर्चा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here