मिक्लाजुङ्गको मिसेलुङ फनपार्कमा उल्टो घर !

0
206

छविराज ढकाल
मिक्लाजुङ ।

मोरङको उत्तरपूर्वी भेगमा रहेको मिक्लाजुङ्ग गाउँपालिका–३ निसेलुङमा उल्टो घर बनेको छ ।

संम्भावतः नेपालमा पहिलोपटक यो उल्टो घर बनेको हो। मिक्लाजुङ्ग गाउँपालिका पर्यटकीय हिसावले प्रदेशकै एक उत्कृष्ट गन्तव्य मानिन्छ । केही प्रतिशत भू–भाग पहाडको काखमा रहेको यस पालिकामा खुडी, मिक्लाजुङ्ग डाँडा, चुलीपोखरी, मिक्लुबेतेनी लगायतका ठाउँहरु घुम्न योग्य रहेका छन् ।

यसैबीच, हालै सञ्चालनमा आउँन लागेको निसेलुङ फर्न पार्क पनि अर्को एक पर्यटकीय गन्तव्य बनेको छ । यस पार्क भित्र उल्टा घर, फाउन्टेन, भ्यूटावर, पिरतीको गाउँ, बाल उद्यानका सामग्री लगायत निर्माण गरिएको छ ।

यस पार्कका बारेमा बताउँदै निसेलुङ फर्न पार्क प्रालिका सञ्चालक इन्द्रमणी भट्टराईले मिक्लाजुङलाई देश तथा विदेशमा पर्यटकीय रुपमा यसको प्राकृतिक सुन्दरतालाई परिचित गराउन यस पार्कको सुरुवात गरेको बताएका छन्। हालसम्म करिब एक करोड खर्च भइसकेको र निर्माण पूरा हुँदासम्म एक करोड ५० लाख खर्च हुने आंकलन गरेको उनको भनाइ छ ।

उनले भने–उल्टो घर यसभन्दा अघि थाइल्यान्ड, भारतका केहि स्थानमा निर्माण भइसकेको र हामीले पनि युट्युवमा हेर्यौ र त्यहीँ कन्सेप्टलाई साभार गरेर यस ठाउँमा पनि उल्टा घर निर्माण गरेका हौुं, उल्टो घर निर्माण गर्न हामीले ६० लाख खर्च गरेका छौं ।

निसेलुङ क्षेत्रमा भ्यूटावर मात्र निर्माण गर्न भनी निसेलुङ पर्यटन एवं प्रर्वद्धन समिति अघि बढ्ने क्रममा आर्थिक अभावका कारण १० वर्षे लिजमा निसेलुङ प्रालिलाई हस्तान्तरण गरि आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्न सुरुवात गरेको समितिका एक सदस्य प्रवेश मिभकले बताएका छन्।

मिसेलुङ फर्नपार्क कार्तिक १९ गते उद्घाटन हुने सञ्चालक समितिले जनाएको छ । यस पार्कमा रहेको भ्यूटावरबाट उर्लाबारी, लेटाङ, दमक, पथरी शनिश्चरे पालिका, मिक्लाजुङ्गका सम्पूर्ण वडाहरु नियाल्न सकिनेछ । मोरङको उर्लाबारीदेखि मधुमल्ला हुँदै टाँडी पुगेपछि करिब एक किलोमिटर पूर्व लागेपछि सुन्दर निसेलुङ पुग्न सकिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here